१)
प्रकृति रूप
बन्यो अपरझट
निम्त्यो आपत्ति ।
००
भागदौड गरेको
शरीरै अंगभंग ।
२)
आधा बाटोमा
अँध्यारोले घेरिंदा
उम्रेको डर ।
००
दिशाहिन गन्तब्य
जिस्कायो समयले ।
३)
यात्रा कठिन
हिडाईको थकाई
पसिना काट्दै ।
००
ढल्कंदै अघि बढ्दा
झम्के साँझ अगाडि ।
४)
राणा शासन
निरंकुशता झेल्दै
बन्दी जीवन ।
००
आक्रोशको राँकोले
युग परिवर्तन ।
५)
दुःखी जीवन
समस्याको थुप्रोले
मनमा पिडा ।
००
भित्रभित्रै दबेर
खुम्चिएको रहर ।
६)
गरिवी हुँदा
हातमुख जोड्नमा
पसिना काँट्दै ।
००
पहाड बनेको पिडा
सधैं जसो दुःखीद ।
७)
खराव दिन
अप्ठ्यारो आईलाग्दा
आत्तेको मन ।
००
मागेको सहयोग
एक्लिंदा रूवाबासी ।
८)
तात्तेको ज्यान
चिस्याउन खोजेको
औडा बनेर ।
००
पसिना खलखली
उडेछ सात्तो–पुत्लो ।
९)
चढेको रिस
थाम्नलाई सकिन
घमण्ड पोख्दा ।
००
निम्तेछ दुर्घटना
खोजेको गल्ती ढाक्न ।
१०)
ऐना बनेर
बिर्सन नसकिने
अतित रोयो ।
००
भतभति पोलेर
सम्झंदा होस उड्यो ।
११)
अँध्यारो छाया
भाग्यमा पोतेपछि
बनेको मुर्छा ।
००
आँखा उघाारी हेर्दा
अन्धकार चौतर्फी ।
१२)
स्वप्न संसार
जीवनको चौतारी
सुख र दुःख ।
००
नियमित बनेर
भुल्याउने नियति ।
१३)
रङ्गिन आँखा
बाँचुन्जेलको खेल
जीवन घट्दै ।
००
स्वार्थको चक्करमा
छोटिएको समय ।
१४)
मिठो सपना
मेहनतको फल
आँखा गडेछ ।
००
शत्रुता लाग्न थाल्दा
डर मान्दै लुकेको ।
१५)
खुशीको पल
मिलेको सफलता
इस्र्याको भिड ।
००
खुट्टा तान्ने प्रवृति
भएको होसियार ।

प्रतिक्रिया