sujim advert

तादी गाउँपालिकामा निःशुल्क शिक्षा लागू घोषणा

डबली खबर     जेष्ठ २७, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

tadi rural municipality free education nuwakot
bidur tax consultancy services in nuwakot

नुवाकोट – तादी गाउँपालिकाले आधारभुत तह उमेर समुहका सम्पूर्ण बालबालिकाहरुलाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरेको छ । संविधानमै उल्लेखित संघीय नीतिलाई कार्यान्वयनमा ल्याउन तादी गाउँपालिका लागेको हो । गाउँपालिकामा ६ वटा वडा छ ।

बागमती प्रदेशसभा सदस्य राधिका तामाङको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सबै वडामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको घोषणा गरेसँगै पालिकालाई निःशुल्क शिक्षा घोषणा गरेको गाउँपालिका अध्यक्ष सन्तमान तामाङले जानकारी दिए । 

विद्यालय भर्ना र सम्मान, अनिवार्य निःशुल्क शिक्षा मूल नाराका साथ तादी गाउँपालिकाले बालबालिकाहरुलाई निःशुल्क शिक्षा दिने अभियान थालेको हो ।

कार्यक्रमका प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री तामाङले शिक्षामा सरकारले ठुलो लगानी गरेको छ तर शिक्षामा गुणस्तर ल्याउन अझै धेरै पहल गर्नुपर्ने बताईन् ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top