sujim bazar dashain tihar bumper offer

विदुर नगरपालिकाले ३३३ जनालाई निःशुल्क कम्प्युटर तालिम दिदैं

डबली खबर     जेष्ठ १५, २०८१

sizen education study in Japan
ananda Jewellery shop

Building of Bidur Municipality Office
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

नुवाकोट – विदुर नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा, कक्षा दश (एसइई)को परीक्षा दिएर बसेका विद्यार्थीलाई निःशुल्क १३५ घण्टे आधारभूत कम्प्युटर तालिम दिने भएको छ । तालिमका लागि नगरका २१ सामुदायिक विद्यालयहरू छनाैट गर्नुको साथै हरेक विद्यालयमा काेटा निर्धारण गरेको छ ।

नगरपालिकाका सामुदायिक विद्यालयबाट कक्षा दशको परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर पायक पर्ने स्थानमा कम्प्युटरसम्बन्धिको आभारतभूत तहको सीप सिकाउन लागिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । उनकाअनुसार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागी प्रविधिमैत्री बनाउन र परीक्षा पश्चात् खाली समयको सदुपयोग गर्न कम्प्युटर सिकाउन लागिएको हो ।

“विद्यालयतहमा कम्प्युटर शिक्षालाई समावेश गरेपनि अनिवार्य गर्न सकिएको छैन”, नगरप्रमुख श्रेष्ठले भने “प्रविधिको उपयोग र रोजगारको लागी कम्प्युटर ज्ञान अनिवार्य भएकाले विद्यालयतहको कक्षा पूरा गर्न लागेका विद्यार्थीलाई सीप सिकाउन लागिएको हो ।”

नगरपालिकाले युवा लक्षित सीप र स्वरोजगार केन्द्रीत कार्यक्रमलाई आगामी वर्ष अझै वृद्धि गर्ने नीति लिएको छ ।

चालु आर्थिक वर्षमा हस्तकला, सिकर्मी, डकर्मी, कपाल काट्ने, तरकारी खेती तथा पशुपंक्षीपालन सम्बन्धि तालिम प्राप्त गर्ने युवाको सङ्ख्या एक हजार भन्दा बढी रहेका छन् ।

आगामी वर्षको लागि तयारी भइरहेको बजेटमा यो सङ्ख्या अझै बढाएर स्वरोजगार अन्तरगत हस्तकला, लघुउद्यमी, कृषि तथा पशुपंक्षीपालनमा प्रोत्साहन गर्ने कार्यक्रम समावेश गर्ने योजना रहेको नगरप्रमुख श्रेष्ठले बताए ।

तालिममा जेहेन्दार, विपन्न, अपाङ्ग भएका व्यक्ति, जनजाती र छात्रा हुनुपर्नेछ । यस्तै, कम्प्युटर तालिम प्राप्त नगरेका, तालिमअविधभर पुरै समय दिनसक्ने र विद्यालयले तय गरी विद्यार्थी छनाैट गर्नेछन् ।

shivam cement 2081 dashain
bagamati gabion box in Nuwakot

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top