sujim bazar advert

पाठेघर क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

डबली खबर     जेष्ठ ६, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

Free health camp on cervical cancer in bidur municipality nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – विदुर नगरपालिकाले आयोजना गरेको पाठेघरको मुखको क्यान्सरसम्बन्धी एकमहिने स्वास्थ्य शिविर सुरु भएको छ । अहिले जेठ ३ गतेदेखि सुरु भएको शिविरमा ७० जना महिलाले स्वास्थ्य परीक्षण गराएको छ ।

नगर कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै जेठ ३ गतेदेखि असार ४ गतेसम्म शिविर सञ्चालन हुने जानकारी गराएको छ ।

मेरि स्टोप्स सेन्टरको समन्वयमा नगरका १३ वटै वडाका शहरी स्वास्थ्य केन्द्र, इकाई र समुदायिक विद्यालयमा बिहान १० बजे देखि ४ बजेसम्म शिविर सञ्चालन हुनेछ । शिविरमा पाठेघरको मुखको क्यान्सरको जाँच, पाठेघर खसेको स्क्रिनिंग जाँच तथा पाठेघर सम्बन्धि अन्य स्वास्थ्य जाँच तथा उपचार सम्बन्धि शिविर सञ्चालन हुने विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

पाठेघर सम्बन्धि समस्या भएका महिलाहरुले समयमै स्वास्थ्य परिक्षण गराई मौकाको फाईदा उठाउन समेत पालिकाले अनुरोध गरेको छ ।

शिविरमा परिवार नियोजन सेवा र पोषण प्रदर्शनी कार्यक्रम समेत रहेको नगरका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top