sujim advert

घट्यो ‘इभि’ माइक्रोबसको भाडादर

सुनील श्रेष्ठ     बैशाख १८, २०८१

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot

बट्टार – नुवाकोटको त्रिशूलीदेखि काठमाडौं माछापोखरी ‘रुट’ हुदैं चल्ने ‘इभि’ माइक्रोबसको नयाँ भाडादर कायम गरेको छ ।

नमस्ते पासाङल्हामु शेर्पा यातायात प्रालि र नेपाल माईक्रोबस प्रालिले संयुक्तरुपमा आज बट्टारमा आयोजना गरेको पत्रकार सम्मेलन पासाङका अध्यक्ष रामहरी श्रेष्ठले आफ्नो कम्पनीद्वारा सञ्चालित यात्रुबाहक इभि माइक्रोबसमा वैशाख २० गतेदेखि साविकको भाडादरमा ३३० रुपैयाँ भाडादर कायम गरिएको जानकारी दिए ।

भाडादर कटौती नेपाल माईक्रोबसको इभि माइक्रोबसमा पनि लागु हुने जनाएको छ । यसअघि यातायात व्यवसायीले लिइरहेको भाडामा २० रुपैयाँ घटेको छ ।

‘यात्रुहरूलाई केही राहत होस् भनेर जिल्ला प्रशासनको निर्देशन पालना गर्दै इभि माइक्रोबसको भाडादर घटाएका हौं,’ उनले भने।

कार्यक्रममा नेपाल माईक्रोबसका वरिष्ठ सल्लाहकार राजन आचार्यले काठमाडौं-छहरेको भाडादर २४० रुपैयाँ र काठमाडौं-ढिकुरे २९० रुपैयाँ कायम गरी आगामी बिहिबारदेखि कार्यान्वयनमा ल्याउने जानकारी दिए । यस भाडादर कटौतीले यात्रुमा राहत पुग्ने उनले बताए ।

प्रदेश राजपत्र भाग-३ २०८० भदौ ७ गते सङ्ख्या १२ खण्ड (७) मा प्रकाशित भए अनुसारको भाडादरअनुसार भाडादर दुरी र भाडादरमा वैधानिकता नभएको उनले बताए । भाडादर कायम गरेको मितिदेखि सरकारले तीनपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको अवस्थामा यात्रुवाहक सवारीसाधनको भाडादरमा भने कुनै वृद्धि नगरेको उनको भनाइ छ ।

प्रदेश राजपत्र भाग-३ २०८० भदौ ७ गते सङ्ख्या १२ खण्ड (७) मा प्रकाशित भए अनुसार काठमाडौं-टोखा-त्रिशूलीको दुरी ५३ किलोमिटर रहेको छ । कम्पनीले रुटअनुसार ५७ किलोमिटर हुने जनाएको छ ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top