+
Search

ताजा अपडेट +

पपुलर +

आजदेखि तेस्रो संस्करणको एनपीएल

डबली खबर
४ मिनेट अगाडी

कात्तिक ९, नुवाकोट । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज सोमबारदेखि सुरु हुँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ । आठ टोलीको सहभागिता रहने प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् ।

प्रतियोगितामा विराटनगर किंग्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ