+
Search

ताजा अपडेट +

पपुलर +

सार्वजनिक सवारीमा मनपरी भाडा

डबली खबर
२ साल अगाडी

नुवाकोट – जिल्ला प्रशासन कार्यालय नुवाकोटले भाडादर कायमको निर्देशन दिएको तीन दिन नबित्दै सिन्दुरे जात्रा हेर्न जाने यात्रुहरुलाई सार्वजनिक सवारीसाधनले आफुखुशी भाडा असुलेका छन् ।

बट्टारदेखि विदुर हुँदै नुवाकोटको भाडामा एक सय रुपैँया लिएको पाईएको छ । करिब सात किलोमिटर रहेको दुरीमा सार्वजनिक सवारीसाधनले आफुखुशी भाडा असुलेका हुन् ।

भाडादर साधनमा अनिवार्य टाँस गरी जेष्ठनागरिक, अशक्त, महिलाको आरक्षित सिट र छुटको व्यवस्था कार्यन्वयनको गर्नुपर्ने भनिएतापनि सूचनामै सिमित भएको छ ।

विद्यार्थी परिचयपत्रको आधारमा विद्यार्थीलाई सहुलियत दिएको थिएन ।

यस्तै, रातो प्लेटका सवारीसाधनले यात्रुलाई पनि चर्को भाडा असुलेका थिए ।

भाडादर कार्यान्वयमा प्रशासन र प्रहरी मौन देखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ