sujim advert

सामाजिकमा अनुत्तिर्ण बढी

सुनील श्रेष्ठ     चैत्र २८, २०८०

sizen education new intake 2025
ananda Jewellery shop

bidur municipality published class eight result
bidur tax consultancy services in nuwakot

नुवाकोट – विदुर नगरपालिकाले पहिलोपटक लिएको आधारभूत तह (कक्षा ८) को अन्तिम परीक्षामा ३९.३४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको छ । अन्य बाँकी प्रतिशतमा अनुत्तिर्ण भएका छन् भने उत्तिर्ण सङ्ख्या ४५२ जना रहेको जनाएको छ । २०७४ सालदेखि स्थानीय निकाय सञ्चालन भएतापनि नगरले आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा यस शैक्षिक वर्षदेखि सुरु गरेको हो ।

पालिकास्तरीय परीक्षामा सामुदायिक २८ र निजी १९ विद्यालयका एक हजार १४९ विद्यार्थीले सहभागिता जनाएको नगरपालिकाका निमित्त शिक्षा प्रमुख नवराज सापकोटाले जानकारी दिए । जसमा सामुदायिकतर्फ ७८५ र निजी ३६४ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

धेरै मात्रामा विद्यार्थी अनुत्तीर्ण हुनुमा उनले भने “नगरको पहिलो अभ्यास, परीक्षा केन्द्र तोकिनु, कोरोनाकालमा विद्यार्थी ग्रेडवृद्धि, लगायतका विषयले परीक्षाफलमा असर गरेको हो । केहि विद्यालयको उत्तीर्ण अवस्था शून्य पनि छ । नगरले त्यस्ता विद्यालयका प्रधानाध्यापकहरुको बैठकमा छलफल गरिने छ ।”

“परीक्षामा सबैभन्दा सामाजिक र गणित विषयमा अनुत्तीर्ण रहेको छ” उनले भने “समग्र परीक्षामा सामुदायिक विद्यालयको शतप्रतिशत नतिजा आएको छैन”, उनले भने “निजीका दुई विद्यालयहरु जालपादेवी बोर्डिङ स्कुल र नेशनल बेथल एकेडेमीले शतप्रतिशत नतिजा ल्याएको छ ।”

नेपाली (देवनागरी)मा प्रश्न भएर धेरै निजि विद्यालयका विद्यार्थीहरु अनुत्तीर्ण भएको निजी विद्यालयका एक प्रधानाध्यापकले भने “त्यहि प्रश्न अंग्रेजीमा भएको भए विद्यार्थीले सहजरुपमा परीक्षा दिन्थे । उत्तीर्ण पनि हुन्थे । “

गत परीक्षा चैत २ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको परीक्षा ११ केन्द्र तोकिएको थियो । ग्रेडवृद्धि प्रणालीमा परीक्षा तयार गरिएको थियो भने केन्द्राध्यक्ष परीक्षा केन्द्र रहेको विद्यालयको प्रधानाध्यापक तोकेको थियो ।

परीक्षाफल चित्त नबुझे दुई विषयसम्मको लागि नतिजा प्रकाशन भएको मितिले एक हप्तासम्म विद्यार्थी स्वयंले पुनःयोग गर्न पाउने छ । विद्यालयको सिफारिस पत्रसहित २०० रुपैंयाँ दस्तुर तिरी पुन:योग गर्न सकिने छ । ग्रेडवृद्धिको परीक्षा २०८१ वैशाख ६ गतेदेखि ७ गतेसम्म परीक्षा हुने नगरपालिकाले सूचना जारी गरेको छ ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top