२०८१, २२ बैशाख शनिबार

कक्षा ८ को परीक्षामा विदुरमा ११ केन्द्र, एक हजार २६८ विद्यार्थी

डबली खबर     चैत्र १ २०८० २१:३०

bidur municipality office building top view nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – आधारभूत तह (कक्षा ८) को अन्तिम परीक्षामा विदुर नगरपालिकाबाट एक हजार २६८ जना विद्यार्थीले परीक्षा दिँदैछन् । भोलि चैत २ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने आधारभूत तहको परीक्षाको लागि सामुदायिक र निजी विद्यालय गरी ११ केन्द्र तोकिएको छ ।

विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले आज नगर कार्यपालिकामा आयोजित अभिमुखीकरण कार्यक्रममा केन्द्राध्यक्षहरुलाई परीक्षा मर्यादित व्यवस्थित र जिम्मेवारी रुपमा सञ्चालन गर्नको लागि निर्देशन दिएका छन् ।

यस वर्षदेखि परीक्षाको लागि केन्द्रहरू तोकिएको छ भने ग्रेडवृद्धि प्रणालीमा परीक्षा तयार गरिएको जनाएको छ । केन्द्राध्यक्ष परीक्षा केन्द्र रहेको विद्यालयको प्रधानाध्यापक तोकिएको छ ।

सबैभन्दा बढी त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय केन्द्रमा २३० जना विद्यार्थीले परीक्षामा सहभागिता जनाउँदैछ भने सबैभन्दा कम पञ्चकन्या बोर्डिङ स्कुल केन्द्रमा ४५ जना विद्यार्थीले परीक्षामा सहभागिता जनाउँदैछ ।

यस्तै, परीक्षाको लागि रणभुमेश्वरी मावि, पृथ्वी मावि, अर्किड एकेडेमी नुवाकोट, च्वाडी पब्लिक मावि, भैरुम मावि, स्टार इङ्गलिस बोर्डिङ स्कुल, कालिका मावि र महेन्द्र मावि केन्द्र तोकिएको छ ।

परीक्षा बिहान १० बजेर ३० मिनेटदेखि सुरु हुने छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top