२०८१, १७ बैशाख सोमबार

नेपाल भाषा तालिम

डबली खबर     चैत्र २३ २०८० १८:१८

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – सदरमुकाम विदुरमा एक हप्ते नेपाल भाषा तालिम आज शुक्रबार सम्पन्न भएको छ ।

शैक्षिक सत्रको विदाईमा बसेका विद्यार्थीको समयलाई सदुपयोग गर्दै नागरिककै पहलबाट भाषा संरक्षण तालिम सञ्चालन गरिएको तालिम संयोजक सुनील श्रेष्ठले बताए । श्रेष्ठले कुनै पनि समुदायको पहिचान भनेको भाषा, संस्कृति र रितीरिवाज नै भएकाले यसको जगेर्नाका लागि स्वयं समुदाय नै लाग्नुपर्नेमा जोड दिनुपर्ने बताए ।

गत शनिबार चैत १७-२३ गतेसम्म सञ्चालन भएको तालिममा पवित्र कसा र नरेन्द्र अमात्यले सहजिकरण गरेका थिए । तालिममा १४ जना बालबालिकाले सहभागिता जनाएका थिए ।

जसमा प्रशिक्षक कसाले काठमाडौंबाट अनलाईन प्रशिक्षण दिएका थिए । प्रशिक्षक कसा नेपाल भाषाको ज्ञाता तथा गायक पनि हुन् ।

तालिममा सामान्य बोलचाल भाषालाई प्राथमिकता दिई नेवारी भाषामा आफ्नो परिचय, व्याकरण, दैनिक प्रयोग हुने शब्दलगायतमा प्रशिक्षण दिईएको प्रशिक्षक अमात्यले जानकारी दिए ।

एकहप्ते तालिमपछि व्यवस्थित तरिकाले केहि सातापछि कक्षा सञ्चालन गरिने संयोजक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top