+
Search

ताजा अपडेट +

पपुलर +

बाढीले पक्की पुल बगाएपछि तुइनकै भर, अब स्थानीयको पहलमा ट्रस पुल निर्माण हुँदै

सुनील श्रेष्ठ
३ मिनेट अगाडी

कात्तिक १९, नुवाकोट । विदुर नगरपालिका वडा नं. ४ रङ्गबारीदेखि वडा नं. १२ जोडिने ट्रस पुल निर्माणको प्रक्रिया अगाडि बढेको छ।

स्थानीय बासिन्दाहरूको पहलमा निर्माण सुरु भएको यस पुलका लागि नगरपालिकाले सामग्री उपलब्ध गराउने भएको छ ।

स्थानीय बासिन्दाहरूले बाढीबाट वडा नं. ४ देखि १२ जोडिने र तारकेश्वर गाउँपालिकासँग जोडिने स्थानमा दैनिक आवतजावतमा कठिनाइ भएको उल्लेख गर्दै ट्रस पुल निर्माणका लागि सहयोग माग गरिएको थियो।

ट्रस पुलको अनुमानित लागत रु. ६ लाख रहेको जनाइएको छ।

स्थानीयहरूका अनुसार नगरपालिकाले फड्केका सामग्री उपलब्ध गराइसकेको छ।

पुल निर्माण सम्पन्न भएपछि दुई वडा र तारकेश्वर गाउँपालिकाबीचको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ