२०८१, १६ बैशाख आईतवार

एकीकरण पदयात्रा नुवाकोटमा

डबली खबर     पुष २३ २०८० १७:२१

Nepal army unified trek
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

सामरी – नेपाली सेनाले हिजो पुस २१ गतेदेखि गोरखादेखि सुरु गरेको एकीकरण पदयात्रा धादिङ हुदैं नुवाकोट आई पुगेको छ । सोमबार एक कार्यक्रमकाबीच यात्रालाई म्यागङ गाउँपालिकाका अध्यक्ष आशाबहादुर तामाङ, उपाध्यक्ष सिता तामाङ, जबरजंग गणका प्रमुख सेनानी चिरञ्जीवी पौडेललगायतले सैनिक टोलीलाई स्वागत गरेको छ ।

पदयात्रा टोली आज साँझ विदुर नगरपालिकाको शुभघाट आएर बस्ने प्रमुख सेनानी पौडेलले जानकारी दिए । भोलि पुस २४ गते बिहान नुवाकोट दरबार क्षेत्रमा एक कार्यक्रमकाबीच नुवाकोटबाट काठमाडौंको ककनीसम्मको लागि विदा गरिने उनले जानकारी दिए ।

टोलीमा नेपाली सेनाको परम्परागत पोसाक (कालो कपडा) मा सजिएका १० जना र हालको कार्यालय पोसाकमा २० जना सैनिक सहभागी भएका छन् । टर्च, नेपालको राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाहको पालामा स्थापना भएका नेपाली सेनाका ५ कम्पनीहरू जबरजंग गण, कालीध्वज गण र शार्दुलजंग गुल्मको झण्डासहित पदयात्रामा सहभागी छन् । 

नेपाली सेनाको आयोजनामा २०७६ सालमा सुरु गरिएको यो चौथो पदयात्रा हो । पञ्चेबाजा, नेपाली सेनाको ब्याण्डबाजा बजाउँदै नुवाकोट र धादिङको सिमाना भर्याङभुरुङ पुलमा टर्च र झण्डा धादिङबाट ल्याएका शिवदल गणका शिवदल गणका गणपति अशोक बराल, सेनानी हिम शिवाकोटी र नेत्रावती गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले म्यागङ गाउँपालिका अध्यक्ष तामाङ र जबरजंगका टोलीलाई झण्डासहित हस्तान्तरण गरेका छन् ।

गोरखाबाट पठाइएको टर्च र झण्डा २६ गते साँझ सम्म काठमाडौँको हनुमान ढोकामा पुर्‍याइनेछ । २७ गते हनुमान ढोका परिसरमा हुने राष्ट्रिय एकता दिवस एवं पृथ्वीजन्यती मूल समारोहमा शार्दूल जङ्ग गुल्मले उक्त टर्च र झण्डा सहित प्रस्तुति गर्ने कार्यक्रम छ ।

राष्ट्रिय विभूति पृथ्वीनारायण शाहले गोरखा राज्य बिस्तारको क्रममा धादिङ, नुवाकोट हुँदै काठमाडौँ हमला गरेको इतिहास छ । छरिएर रहेका राज्यहरूलाई एकीकृत गरी वर्तमान नेपाल निर्माण गरेका शाहको इतिहासलाई जर्गेना गर्दै तत्कालीन बाटोलाई पदमार्ग बनाएर पर्यटन प्रवर्द्धन गर्ने सरकारको तयारी छ । 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top