२०८१, १७ बैशाख सोमबार

सेनाको पदयात्रा सुरु

डबली खबर     पुष २२ २०८० १३:०७

nepal army
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुस २१ (आज)देखि गोरखा-काठमाडौं पदयात्रा सुरु भएको छ । राष्ट्रिय एकीकरण अभियानको क्रममा नेपाली फौजले प्रयोग गरेको बाटो हुँदै यात्रा अघि बढ्ने नेपाली सेनाले जनाएको छ ।

एक कार्यक्रमकाबीच नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति उपरथी सन्तोषबल्लभ पौडेल, गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना, सेनाको नम्बर–३ बाहिनीपति सहायक रथी गौरवकुमार केसीले नेपालको राष्ट्रिय झण्डा र टर्च हस्तान्तरण गरी पदयात्राको शुभारम्भ गरेका हुन् ।

गोरखा दरबारबाट सुरु भएको यात्रा धादिङ, नुवाकोट हुँदै पृथ्वीजयन्तीको दिन आगामी पुस २७ गते काठमाडौं पुग्नेछ । पदयात्रामा जबरजंग गण, कालीध्वज गण र शार्दुलजंग गुल्मको सहभागिता रहेको छ । साथै पृथ्वीनारायण शाहकालीन सेनाको पोशाकमा श्रीनाथ, कालिबक्स, पुरानो गोरख, सबुज र बर्दवाणका सेना सहभागी छन् ।

टर्चसहित नेपालको झण्डा र पृथ्वीनारायण शाहको पालामा स्थापना भएका सेनाका प्रथम पाँच कम्पनीका झण्डा पनि समावेश गरिएको छ ।

वि.सं. २०७६ सालदेखि हरेक वर्ष पृथ्वीजयन्तीको अवसरमा गोरखादेखि काठमाडौंसम्म पदयात्रा गर्दै आईरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top