sujim advert

सगुन नेपाली बनिन् प्रथम

डबली खबर     कार्तिक २३, २०८०

advertisement placement
ananda Jewellery shop
sizen education new intake 2025

samriddha nuwakot photo contest winners trishuli
bidur tax consultancy services in nuwakot

विदुर – दसैं तिहारको अवसरमा विशेष फोटो प्रतियोगितामा सगुन जि नेपाली प्रथम भएकी छिन् ।

सगुनको फोटो ९५ हजार ९०० पटक हेरिएको समृद्ध नुवाकोटका अध्यक्ष पूर्णमान कुमार श्रेष्ठले जानकारी दिए ।

संस्थाले बुधबार अन्तिम नतिजा सार्वजनिक गर्दै सर्वाधिक हेरिएको आधारमा फोटो विजयी भएको जनाएको छ ।

सामाजिक सञ्जालमा सक्रिय युवाहरुको संस्थाले आयोजना गरेको प्रतियोगीतामा सलिना श्रेष्ठ द्वितीय र वसन्त तिमिल्सिना तृतीय भएका छन् । सलिनाको ९१ हजार ३०० पटक र वसन्तको ७७ हजार ६०० पटक हेरिएको छ ।

प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः सात हजार ७७७, चार हजार ४४४ र दुई हजार २२२ रुपैयाँ गद पुरस्कार प्राप्त गरेको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

सगुनले नगद पुरस्कारसहित ब्रान्डेड चस्मा प्राप्त गरेकी छिन् ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top