sujim advert

मोतीविन्दुको शल्यक्रिया

डबली खबर     अशोज २३, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

1316 eye Cataract patient operation in nuwakot
bidur tax consultancy services in nuwakot

विदुर – नुवाकोटमा एक हजार ३१६ जना आँखाका बिरामीको परीक्षण गरी मोतीविन्दुको शल्यक्रिया गरेको छ ।

जिल्ला सामुदायिक आँखा केन्द्र, तिलगंगा आँखा प्रतिष्ठान र नेपाल रेडक्रस नुवाकोटको संयुक्त आयोजनामा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको शिविरबाट छनौट गरिएको ८५ जनाको मोतीविन्दु भएका बिरामीको शल्यक्रिया गरिएको केन्द्रका प्रमुख ताराबहादुर वाइबाले जानकारी दिए ।

असोज २३ र २३ गते दुई दिन भएको शल्यक्रियामा चार जना बिरामीको आँखामा मासु पलाएको शल्यक्रिया गरी उपचार गरिएको छ।

शल्यक्रियामा तिलगंगा आँखा प्रतिष्ठाका नेत्ररोग विशेषज्ञ डा. होम गुरुङको नेतृत्वको समुह सफल शल्यक्रिया गरेको छ ।

विदुर र बेलकोटगढी नगरपालिका, लिखु, तादी, तारकेश्वर, सूर्यगढी र म्यागङ गाउँपालिकामा भाद्र २६ गतेदेखि असोज १८ गतेसम्म मोतीयाविन्दु छनौट कार्यक्रमबाट पहिचान भएका मोतीविन्दुका बिरामीहरुको शल्यक्रियाबाट आँखाको ज्योति फर्काइएको केन्द्रका प्रमुख वाइबाले बताए ।

यस्तै, केन्द्रले स्थापनादेखि अहिलेसम्म तीनलाख ५१ हजार बढी आँखाका बिरामीलाई उपचार सेवा प्रदान गरेको छ भने करिब पाँच सय ८५ बिरामीको सफल शल्यक्रियाद्वारा आँखाको ज्योति फर्काइएको छ ।

मोतीविन्दुको रोकथाम तथा उपचारकसरी गर्ने?

  • बाहिर हिँड्दा अथवा घाममा हिँड्दा घामबाट बच्न चश्मा लगाउने
  • धूमपानबाट अथवा निकोटिन वा सूर्तीजन्य पदार्थ सेवन नगर्ने
  • पोषिलो खाना, सागसब्जी, तथा फलफूलको नियमित सेवन गर्ने
  • आँखाको नियमित अथवा समय समयमा परीक्षण गर्ने
  • मोबाइल कम्प्युटरको सीमित मात्रामा मात्र प्रयोग गर्ने
  • डाक्टरको सल्लाहबिना औषधी प्रयोग नगर्ने।
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top