sujim advert

सामुदायिक आँखा केन्द्रको सामाजिक लेखा परीक्षण

डबली खबर     अशोज १२, २०८०

sizen education new intake 2025
ananda Jewellery shop

Community eye centre Nuwakot social audit program
bidur tax consultancy services in nuwakot

विदुर – सामुदायिक आँखा केन्द्र नुवाकोटको शुक्रबार सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ ।

विदुरमा केन्द्रले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी प्रमुख सञ्जिवसिंह थापालगायतको उपस्थिति रहेको कार्यक्रममा केन्द्रको स्थापनाकालदेखि वर्तमान अवस्थाको बारेमा जानकारी, सेवा प्रवाह लगायतका विषयमा सामाजिक परीक्षण कार्यक्रम गरिएको आँखा केन्द्रका प्रमुख ताराबहादुर वाईबाले बताए ।

केन्द्रले चालुआर्थिक वर्षमा त्रिशुली अस्पतालसँग सहकार्य गरी जिल्लामा आँखा उपचार सेवालाई सहज र परिष्कृत गर्दै लगिने केन्द्रका अध्यक्ष निरञ्जनप्रसाद आचार्यले बताए । अब बन्ने केन्द्रको दुईतले पक्की भवनबाट नुवाकोट जिल्लाको साथै रसुवा र धादिङका आँखाका बिरामीहरुमा आँखा उपचारमा थप टेवा पुग्ने उनले बताए ।

कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ कार्यक्रम अधिकृत हरिबहादुर कार्की र परियोजना व्यवस्थापक रवि गौतमले प्रतिष्ठान र आँखा केन्द्रले जिल्लामा पुर्याएको सेवा, सुविधा र कार्यक्रमबारे प्रस्तुति गरेका थिए ।

केन्द्रले ग्रामिण आँखा केन्द्रको अवधराणा, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक, विद्यालयका नर्सहरु लगायतलाई प्राथमिक आँखा उपचार तालिम समेत दिई सकेका छन् ।

दुर आँखा परीक्षणको सुविधा सञ्चालन गरिरहेको रहेको आँखा केन्द्रले गत पुष महिनादेखि भाद्र महिनासम्ममा ५९ लाख ९१ हजार ८९ रुपैंयाँ आम्दानी गरेकोमा ६४ लाख ४५ हजार ९६४ रुपैंयाँ खर्च गरेको छ ।

यस्तै, केन्द्रले स्थापनादेखि अहिलेसम्म तीनलाख ५० हजार आँखाका बिरामीलाई उपचार सेवा प्रदान गरेको छ भने करिब पाँचसय बिरामीको सफल शल्यक्रियाद्वारा आँखाको ज्योति फर्काइएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष हरी श्रेष्ठ, नागरिक समाजका अध्यक्ष बद्री त्रिपाठी, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ईन्द्रबहादुर पण्डित, पत्रकार, शिक्षक, महिला स्वास्थ्यस्वयंसेविका लगायतले आँखाका बिरामीको उपचारमा सहजिकरण, विद्यालयस्तर र सामुदायिकस्तरमा आँखा सुरक्षा शिक्षा लगायतमा सुझाव दिएका थिए ।

दुईदशकको अवधिमा जिल्लाका १२ वटै स्थानीय तहमा नि:शुल्क घुम्ती शिविर सञ्चालन गरी जटिल प्रकृतिको उपचार, मोतिबिन्दु, आँखामा मासु पलाउने रोगका बिरामीको केन्द्रले शल्यक्रियाद्वारा उपचार सेवा दिदैं आईरहेको छ ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top