sujim advert

पोष्टबहादुर बोगटी शिक्षालय र होटल र्‍याडिसनबीच सिटीइभिटी प्रणालीमै पहिलो सम्झौता

डबली खबर     अशोज १३, २०८०

sizen education new intake 2025
ananda Jewellery shop

post bahadur bogati and hotel radission contracted
bidur tax consultancy services in nuwakot

विदुर – पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय नुवाकोटमा अध्यापन हुने होटल व्यवस्थापन संकायमा अध्ययनरत प्रशिक्षार्थीहरुको प्रशिक्षणवृत्ति होटल र्‍याडिसन होटेलमा हुने भएको छ । उक्त संकायका विद्यार्थीहरुले होटल र्‍याडिसनमा प्रशिक्षणवृत्ति गर्न शिक्षालयबीच सम्झौता भएको छ ।

शुक्रबार प्रशिक्षणवृत्ति लागि शिक्षालयका प्रमुख कपिल पाण्डे र होटलका निर्देशक किरण पन्तले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्राविधिक शिक्षा व्यवसायिक तालिम परिषद् अन्तर्गत नुवाकोट र रसुवा जिल्लाकै एकमात्र आङ्गगिक शिक्षालयमा अध्यापन हुने होटल व्यवस्थापन संकायका तेस्रो वर्षको दोस्रोखण्डमा अध्ययनरत प्रशिक्षार्थीहरुको छ महिने प्रशिक्षणवृत्तिको लागि उक्त होटलसँग लिखित सम्झौता गरेको हो ।

उक्त सम्झौता सिटिइभिटी प्रणालीमै पहिलो सम्झौताको रुपमा रहेकोे शिक्षालयको होटल व्यवस्थापन विभागका विभागीय प्रमुख प्रकाश रैलाले जानकारी दिए ।

त्यसैगरी शिक्षालयले नेपालका पाँचतारे होटलहरु सोल्टी, मल्ल, एभरेस्ट र पोखराको रुपाकोट रिसोर्टमा आफ्ना प्रशिक्षार्थीहरुलाई प्रशिक्षणवृत्तिको व्यवस्था मिलाइएको शिक्षालयका विभागीय प्रमुख रैलाले जानकारी दिए । उनका अनुसार प्रख्यात पाँचतारे होटलहरुको तालिमले प्रशिक्षार्थीहरुमा उत्साह थपिनुका साथै र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै प्रशिक्षार्थिहरु दक्ष हुने बताए ।

नुवाकोट होटल आतिथ्यता क्षेत्रमा बामे सर्दै गरेको अवस्थामा रहेकाले सम्बन्धित निकायको साथ र सहयोग अझ पाउने हो भने पोस्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय नुवाकोट र रसुवामै कोशेढुङ्गाको रुपमा सावित हुने विभागीय प्रमुख रैलाले बताए ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top