२०८०, ४ आश्विन बिहीबार
social securities awareness bidur municipality

पृथ्वी मावि प्रदेशकै दोस्रो सामुदायिक विद्यालय

सुनील श्रेष्ठ     आश्विन २ २०८० २०:०५

एसईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यालयलाई पुरस्कृत गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल ।
pratik book and stationery center in nuwakot

हेटौँडा – बागमती प्रदेश सरकारले शिक्षा दिवस २०८० को अवसरमा प्रदेशभरका आठ उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरेको छ ।

प्रदेशको माध्यमिक शिक्षा परीक्षा एसईइ २०७९ मा उच्च जिपिए ल्याउने सामुदायिकतर्फमा पाँच र संस्थागततर्फका तीन गरी उत्कृष्ट आठ विद्यालयलाई प्रदेशको सामाजिक विकास मन्त्रालयले मङ्गलबार हेटौँडामा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेल र सामाजिक विकास मन्त्री कुमारी मोक्तानले संयुक्त रुपमा उत्कृष्ट विद्यालयहरुलाई पुरस्कृत गरेका छन् ।

नुवाकोटको विदुरमा रहेको सामुदायिक विद्यालय पृथ्वी माध्यामिक विद्यालय बागमती प्रदेश अन्तर्गतका सामुदायिक विद्यालयहरुमध्ये दोस्रो उत्कृष्ट विद्यालय बन्न सफल भएको हो ।

प्रदेशभित्रका १३ जिल्लाका झण्डै २ हजार सामुदायिक विद्यालयहरुको २०७९ को एसइई परीक्षाको नतिजालाई आधार मानेर मुल्याङ्कन गरिएको मन्त्रालयले जनाएको छ।

कार्यक्रममा पुरस्कार वितरण गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले प्राविधिक शिक्षालाई जोड दिने गरी बनाउन लागेको बताए । स्वास्थ्यसम्बन्धी शिक्षा महँगो भएको बताउँदै सीप सिक्नेहरूको सीप परीक्षण आवश्यक भएको मुख्यमन्त्री जम्कट्टेलले बताए ।

यस्तै, सामुदायिकतर्फ मेधा मावि तेखापुखु भक्तपुर प्रथम, श्रम राष्ट्रिय मावि कुमारीगाल काठमाडौं तृतीय, पृथ्वीनारायण मावि तारकेश्वर काठमाडौँ चौथो र बलम्बु मावि बलम्बु काठमाडौं पाँचौं भएका छन् ।

प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ हुने विद्यालयलाई क्रमशः एक लाख, ८० हजार, ६० हजार, ४० हजार र ३० हजार रुपियाँसहित पुरस्कृत गरिएको छ ।

यस्तै, संस्थागत विद्यालयतर्फ काठमाडौँका रिलायन्स इन्टरनेसनल एकेडेमी, ह्विज किड्स इन्टरनेसनल  र फ्लोरोसेन्ट माध्यमिक विद्यालय क्रमशः प्रथम, द्वितीय र तृतीय हुँदै एक लाख, ८० हजार, ६० हजार रुपियाँ पुरस्कार प्राप्त गरे ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top