+
Search

ताजा अपडेट +

पपुलर +

फुटसलमा जेडी र भैरवी विजयी

2nd nufc district level secondary cup futsal 2023 girls winner team
डबली खबर
२ साल अगाडी

बट्टार – नुवाकोट युनाईटेड फुटबल क्लबको आयोजनामा भएको दोस्रो संस्करणको फुटसलको छात्र र छात्रा विधामा जालपादेवी (जेडी) बोर्डिंङ र भैरवी माध्यमिक विद्यालय विजयी भएको छ ।

छात्रतर्फ विजेता समुह: जेडी बोर्डिंङ स्कूल

शनिबार नुवाकोट फुटसलमा भएको विद्यालय जिल्लास्तरीय प्रतियोगिताको फाइनलमा छात्रतर्फ जेडीले त्रिशुली सामुदायिक विद्यालयलाई पेनाल्टीमा ४-३ गोल अन्तरले हराउँदै विजयी भएका हुन् । खेलको समयावधिमा दुवै समुहबाट समान १/१ गोल भएपछि ट्राइब्रेकरमा धकिलिएको थियो ।

यस्तै, छात्रातर्फ भैरवी माविले अर्किड एकेडेमीलाई २-० गोल अन्तरले हराउँदै विजयी भएका हुन् । खेलमा दुवै गोल भैरवीका रसिका डंगोलले गरेकी हुन् ।

नकआउटका आधारमा खेलाईएको प्रतियोगिताका छात्रतर्फ विजेता र उपविजेताले क्रमशः १५ हजार र सात हजार ५०० नगद पुरस्कार प्राप्त गरेका छन् । छात्रातर्फ विजेता र उपविजेताले क्रमशः १० हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गरेका छन् । विजेता र उपविजेताले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा छात्रतर्फ त्रिशुली सामुदायिकका विजय तामाङ सर्वाधिक गोलकर्ता (५ गोल) घोषित भएको आयोजक नुवाकोट युनाईटेड फुटबल क्लबका अध्यक्ष रामकुमार कोईरालाले जानकारी दिएका छन् । जेडीका जेनिश लामा उत्कृष्ट गोलरक्षक, सुवास तामाङ उत्कृष्ट खेलाडी र दीपक तामाङ उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।

यसैगरी छात्रातर्फ भैरवीका राकिशा डंगोल सर्वाधिक गोलकर्ता (११ गोल), प्रनिशा थापामगर उत्कृष्ट खेलाडी र रञ्‍जित थापामगर उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । अर्किडका ईशा तामाङ उत्कृष्ट गोलरक्षक घोषित भईन् ।

विधागत रुपमा उपाधी हातपार्ने खेलाडीले १/१ हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

कुशल खेल खेल्दै भीमसेन मावि उत्कृष्ट अनुसाशित समुह भएका छन्।

विजेता तथा विधागत उपाधीकर्तालाई विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, अखिल नेपाल फुटबल संघ नुवाकोट एन्फाका पदाधिकारीलगायतले नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ