sujim advert

क्रिकेट संघमा पाठक

डबली खबर     साउन २९, २०८०

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

nuwakot cricket association chairperson
bidur tax consultancy services in nuwakot

विदुर – नुवाकोट क्रिकेट संघको प्रमुख दुई पदमा पुरानै अनुहारसँगै संस्थापक अध्यक्षसहित नयाँ कार्य समिति निर्वाचित भएको छ । आईतबार बट्टारमा भएको संघको चौथो अधिवेशनबाट अध्यक्षमा दुर्गाराज पाठक र सचिवमा करण खतिवडा सर्वसम्मत निर्वाचित भएका छन् ।

पाठक नेपाल क्रिकेट संघ (क्यान) को कार्यबाहक सचिव समेत हुन् ।

अधिवेशनमा उपाध्यक्ष र कोषाध्यक्षबाहेक सबै पदमा सर्वसम्मत भएको निर्वाचन समितिका संयोजक सुरेन्द्रराज अधिकारीले जानकारी दिए । 

उपाध्यक्ष पदमा विष्णु प्याकुरेलले आफ्ना निकटतम प्रतिद्वन्द्वी बिनोद श्रेष्ठलाई ७ मतको मतान्तरले हराउँदै विजयी भएका हुन् । प्याकुरेलले १२ मत र श्रेष्ठले ५ मत प्राप्त गरेका छन्।

त्यस्तै, कोषाध्यक्ष पदमा राजेन्द्र पनेरुले विराटमानसिंह डंगोललाई ८ मतको मतान्तरले हराउँदै विजयी भएका हुन् । पनेरुले १२ मत र डंगोलले ४ मत प्राप्त गरेका छन् ।

यस्तै, सदस्यहरुमा केशव मिश्र, अनुजमान श्रेष्ठ, रामधन ढकाल, प्रज्जवल सापकोटा, पारस अधिकारी, सुरज सिलवाल, उपेन्द्र भट्टराई र ओमप्रकाश श्रेष्ठ निर्वाचित भएका छन् ।

सदस्यमा निर्वाचित मिश्र संस्थापक अध्यक्ष हुन् ।


HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top