sujim bazar advert

“च्वाडीमा अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदान बन्छ”: नगरप्रमुख श्रेष्ठ

डबली खबर     साउन २८, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

mayor of bidur municipality in nuwakot cricket program dabali
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – नुवाकोट क्रिकेट संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले च्वाडीमा अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदान बन्ने जानकारी दिएका छन् ।

नगरप्रमुख श्रेष्ठले नेपाल क्रिकेट संघ र जिल्ला संघको समन्वय र विद्यालय व्यवस्थापन समितिको सहकार्यमा नगरपालिकाले वडा नम्बर ५ मा रहेको च्वाडी माध्यमिक विद्यालयको ९० रोपनी जग्गामा क्रिकेट खेलमैदान निर्माण गरिने घोषणा गरेका छन् । प्रदेश सरकार र विद्यालयसँगको आवश्यकीय प्रक्रिया अघि बढाई सकेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । आफ्नो कार्यकालमा उक्त खेलमैदान निर्माण सम्पन्न गरिने नगरप्रमुख श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे।

नगरप्रमुख श्रेष्ठले फुटबल, क्रिकेट, तेक्वान्दो लगायत अन्य खेलकुद विकासको लागि नगरले प्रबर्द्धन र सहयोग गर्दै आईरहेको बताए । युवालाई संगठित बनाएर परिचालन गर्न सके समग्र जिल्ला, राष्ट्रकै पहिचान हुने भएकोले खेलकुद विकासमा नगर अघि बढिरहेको बताए ।

चालुआर्थिक वर्षमा त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको खेलमैदानलाई पूर्णता दिन १५ लाख रुपैंयाँ बजेट विनियोजन गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top