क्रिकेटप्रेमी गायिका रचना रिमालको स्वरमा रहेको ‘मैदानमा आउँदैछ टीम नेपाल’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । आइतबारदेखि सुरु हुने आइसीसी पुरुष विश्वकप छनोट प्रतियोगितामा नेपालको सहभागीतालाई लक्षित गर्दै रचनाले आफ्नो युट्युबच्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।
गीतमा शब्द, रचना तथा संगीत पृथ्वीन्द्र खनालको रहेको छ । मिराज रिजालले सम्पादन गरेको गीतको भिडियोमा नेपाली क्रिकेट टोलीको प्रदर्शनलगायत देखाइएको छ । “द भोईस अफ नेपाल सिजन २” बाट दर्शक स्रोताको माया बटुल्न सफल चर्चित गायक तथा शसस्त्रका प्रहरी निरीक्षक (ईन्स्पेक्टर) खनालले नेपाली सांगीतिक क्षेत्रमा एकपछि अर्को भेट ल्याउँदै गएको छ ।
एरेन्ज र र्याप साहस शाक्यको रहेको गीतमा नेपाली मौलिक बाजा धिमे बाजा र पञ्चेबाजाको समेत संयोजन रहेको छ ।
विश्वकप छनोट अन्तर्गत नेपालको समूहमा वेस्ट इन्डिज, आयोजक जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । नेपालले पहिलो खेल आइतबार घरेलु टोली जिम्बाबेसँग खेल्नेछ ।
त्यस्तै, नेपालले २० जुनमा (असार ५) अमेरिका, २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ।

प्रतिक्रिया