२०८१, १४ बैशाख शुक्रबार

नुवाकोट महोत्सवमा १३ लाख आम्दानी

डबली खबर     चैत्र १५ २०७९ १५:३५

7th nuwakot mahotsav audit press meet 2079
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोट उद्योग वाणिज्य संघले आज सातौँ नुवाकोट महोत्सवको आयव्यय सार्वजनिक गरेको छ ।

संघले विदुरमा पत्रकार सम्मेलन गर्दै महोत्सवबाट १३ लाख १ हजार ८२१ रुपैंयाँ नाफा भएको संघका प्रवक्ता सविन राजभण्डारी जानकारी दिए । उत्पादन, व्यापार तथा विभिन्न क्षेत्रका ३ सय स्टल रहेको १३ दिने महोत्सवमा कुल ५ करोड ८ हजार ३९८ रुपैंयाँको कारोबार भएको उनले जानकारी दिए ।

महोत्सवमा ५० लाख ८ हजार ३९८ नाफा र ३७ लाख ६ हजार ५७७ खर्च भएको संघका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए ।

खर्चतर्फ प्रचारप्रसारतर्फ ४ लाख ७० हजार, पूर्वाधार तयारीतर्फ ४ लाख १२ हजार २७०, सांस्कृतिक तथा विविधतर्फ ८ लाख ७१ हजार ४६०, कलाकारतर्फ १ लाख १५ हजार, पुरस्कारतर्फ ४५ हजार ४५० रुपैंयाँ लगायतका शिर्षकमा खर्च भएको आयव्ययमा उल्लेख छ ।

महोत्सव माघ २७ गतेदेखि फाल्गुण १० गतेसम्म सञ्चालन भएकोमा १ लाख १५ हजारले अवलोकन गरेको उनले जानकारी दिए।

महोत्सवमा २ सय ५० वटा स्टल रहेको थियो ।

महोत्सव व्यवस्थापनको लागि नारायणी फेयर एक्जिबीसन नेपालले ३२ लाखमा जिम्मा लिएको थियो । 

यसघि छैठौं महोत्सवबाट ५ लाख ७८ हजार ८०७ रुपैंयाँ घाटा भएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top