विदुर । महामारी कोरोना रोगको कारण देखाउँदै नुवाकोट उद्योग वाणिज्य संघले आज छैठौं नुवाकोट महोत्सव को आयव्यय सार्वजनिक गरेको छ ।
मङ्गलबार संघले विदुरमा पत्रकार सम्मेलन गर्दै संघका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले महोत्सवबाट रु.५ लाख ७८ हजार ८०७ रुपैंया घाटा भएको बताए । महोत्सवमा खर्चतर्फ ८१ लाख ४ हजार २२१ रुपैंयाँ र आम्दानीतर्फ ७५ लाख २५ हजार ४१४ रुपैंयाँ रहेको बताए । उनका अनुसार महोत्सवमा सबैभन्दा बढी कलाकारतर्फ १८ लाख ६९ हजार रुपैयाँ र होटलतर्फ १४ लाख ४७ हजार ९ सय ५ रुपैयाँ भएको छ ।
पाँचौं महोत्सवमाभन्दा छैठौं महोत्सवमा ११ लाख ८२ हजार ३२२ रुपैंयाँ खर्च बढी भएको छ भने छैठौं महोत्सवमा १५ लाख ७१ हजार ४४७ रुपैंयाँ कम आम्दानी भएको छ। संघले पाँचौं महोत्सवबाट भएको आम्दानीबाट विदुर नगरपालिकाको पिपलटारमा जग्गा किनेको थियो ।

कार्यक्रममा संघका अध्यक्ष ताराबहादुर कार्कीले महोत्सव लगत्तै कोरोना भाइरसको संक्रमण र सरकारले गरेको लकडाउनको कारण आयव्यय सार्वजनिक गर्न ढिलाई भएको बताए । उनले केहि स्थानीय तहहरुले कोरोनाको कारण देखाउदै महोत्सव सफल पार्नको लागि दिएको आर्थिक सहयोगको आश्वासन नदिएको कारण महोत्सवमा घाटा भएको बताए । महोत्सवको अझै ५ लाख ६५ हजार रुपैयाँ तिर्न बाँकि रहेको छ । महोत्सवमा प्रयोजन पनि कम थियो । महोत्सव १० दिन भनिएतापनि एक दिन थप भएको कारण पनि अतिथी सत्कार, कलाकार, होटल, खाना, खाजा लगायतबाट पनि थप खर्च थपिएको हुनाले पनि घाटा व्यहोर्नु परेको उनले बताए ।
कार्यक्रममा संघका प्रवक्ता सविन राजभण्डारीले छैठौं महोत्सव विगतका महोत्सवभन्दा फरक ढंगले गरिएको दावी गरे । महोत्सवमा दुई नगरपालिका र १० गाउँपालिकाबाट स्थानीय स्तरबाट उत्पादित कृषि उपज सामग्री, उत्पादित सामान तथा हस्तकलाका समानहरुको प्रदर्शनी तथा बिक्रिबाट घरेलु उद्यमीहरुलाई उत्पादित सामान बिक्री वितरण गर्न सहज भएको बताए । महोत्सवमा ५० वटा नि:शुल्क स्टल, संघका सम्पूर्ण सदस्यहरु र जेष्ठ नागरिकलाई नि:शुल्क प्रवेश पास, संघका सदस्यहरुको लागि स्टल भाडामा २५ प्रतिशत छुट लगायतका आठ कारणहरु देखाउँदै समयमै आयव्यय सार्वजनिक गर्न ढिलाई भएको उनले बताए।
महोत्सव गत वर्ष २०७६ सालको माघ १६ गतेदेखि २७ गतेसम्म संचालन भएको थियो । महोत्सवमा २ सय ५० वटा स्टल रहेको थियो ।
नुवाकोट महोत्सवको आयव्यय सार्वजनिक (लेखापरिक्षण प्रतिवेदनसहित)
नुवाकोट महोत्सव : एउटा खुकुरीको मूल्य १ लाख
नुवाकोट महोत्सव: ६३ जनाले एचआईभी परिक्षण गराए
प्रतिक्रिया