२०८१, २४ बैशाख सोमबार

हिज्जे प्रतियोगितामा नुवाकोट ग्लोरी विजयी

डबली खबर     माघ २९ २०७९ १९:१०

spelling competition winners with nuwakot pabson team
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – अन्तर विद्यालय हिज्जे प्रतियोगितामा नुवाकोट ग्लोरी इङ्गलिस बोर्डिंङ विजयी भएको छ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नुवाकोटको आयोजनामा भएको प्रतियोगितामा सुर्यगढी गाउँपालिका-५ मा रहेको नुवाकोट ग्लाेरी स्कुल प्रथम भएको हो ।

सामुदायिक विद्या मन्दिर देविघाटमा भएकाे प्रतियोगितामा अर्किड एकेडेमी द्वितीय र सुभेनियर बाेर्डिङ स्कुल तृतीय भएका छन् । यस्तै, युनिभर्सल बाेर्डिङ स्कुलले सान्त्वना प्राप्त गरेका छन् ।

प्याब्सन अध्यक्ष ताराबहादुर कार्कीकाे अध्यक्षतामा भएको उक्त प्रतियोगितामा प्याब्सनका पुर्व केन्द्रीय सदस्य तथा वरिष्ठ सल्लाहकार विजय श्रेष्ठ र पूर्वअध्यक्ष तथा वरिष्ठ सल्लाहकार बुद्धिसागर रिजालको उपस्थितिमा विजयी समुहका विद्यार्थी र विद्यालयलाई पुरस्कार तथा प्रमाणपत्र सम्मान गरिएकाे छ ।

प्याब्सन नुवाकोटको वार्षिक कार्यक्रम अनुसार हरेक महिनाकाे अन्तिम आइतबार विभिन्न विधाका अतिरिक्त क्रियाकलापहरु नियमित रुपमा सञ्चालन हुदैं आइरहेकाे छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top