sujim bazar advert

शैक्षिक संस्थाका बस चेकजाँचमा कडाई

डबली खबर     माघ १९, २०७९

Sizen Education Consultancy Pvt. Ltd.

traffice police check in school bus
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – पछिल्लो समय शैक्षिक संस्थाका बसहरु मापदण्ड विपरित सञ्चालनमा हुदैं आएको र जोखिम मोलेर आफ्नो बालबालिकालाई विद्यालय बसमा चढाउनुपरेको गुनासो अभिभावकहरुबाट आएपछि जिल्लामा सञ्चालित विद्यालय तथा क्याम्पसका बसको जिल्ला ट्राफिक प्रहरी कार्यालयले चेकजाँच अभियान सुरु गरेको छ ।

सदरमुकाम विदुर, बट्टार, त्रिशुली, कोलनी, तारुका, ढिकुरे, छहरेलगायत जिल्लाका मुख्य बजार क्षेत्र हुँदै गुड्ने विद्यालय तथा क्याम्पस बस र भाडामा चलाईएका विद्यालयका बसको बुधबारदेखि अभियानको रुपमा चेकजाँच सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक मिलनकुमार सिंहले बताए । विद्यालय बस चेकजाँचका क्रममा सवारीचालक अनुमतिपत्रलगायत आवश्यक कागजपत्र साथमा नभएको, सिट क्षमताभन्दा बढी विद्यार्थी राख्ने गरेको, तीव्र गतिमा लापरवाही तरिकाले सवारीसाधन गुडाउने, कतिपय बसमा नम्बर प्लेट नै नरहेको पाईएको उनले बताए ।

ट्राफिक नियम विपरित सञ्चालित विद्यालय तथा क्याम्पसका बस चालकलाई सम्झाई बुझाइ पहिलोपटकमा छोडिएको उनले बताए । सडक सुरक्षाको साथै विद्यार्थीको यात्रा सुरक्षित राख्न र दुर्घटनामा न्यूनीकरण गर्न यस किमिसको अभियान थालिएको उनले बताए ।

ट्राफिक नियमको पालना गरी विद्यार्थीहरुलाई बस पूर्ण रुपमा रोकि सकेपछि मात्र चढ्न र ओर्लन दिन, विद्यार्थीहरु राम्रोसँग सिटमा बसिसकेपछि मात्र सवारी साधन गुडाउन, विद्यार्थीहरुको कुनै पनि शारिरीक अंगहरु बसबाहिर निकाल्न नदिन, हतारमा र बढि गतिमा सवारी साधन नचलाउन अनुरोध गरिएको उनले बताए ।

अभियानपछि पनि ट्राफिक नियम विपरित असुरक्षित तरिकाले शैक्षिक संस्थाका सवारीसाधन गुडाईएको पाईएमा कडा कारबाही गरिने चेतावनी समेत उनले दिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top