नेपाली साङ्गीतिक दुनियाँमा कलाकार तथा संगीतकार राजु खड्काको निरन्तता चुलायामन रहेको छ । संगीत संयोजकको नामले खड्का ज्यादा चर्चा बटुल्न सफल भएको कलाकार मानिन्छ । आफ्नो जीवनको आधा हिस्सा संगीतमा व्यतित गरेका कलाकार खड्का अब्बल एरेन्जरका रुपमा स्थापित छन् ।
उनले ‘छैन निद रातमा…’ बोलको गीतमा संगीत संयोजकको भूमिका निभाएर सांगीतिक क्षेत्रमा औपचारिक सुरुवात गरेका हुन् ।
संगीत संयोजक उनले हालसम्म ३५ सय भन्दा ज्यादा गीतमा संगीत संयोजन गरेका छन् । नेपाली संगीत बजारमा उनका कतिपय गीतले चर्चा मात्र होइन ब्यापारिक सफलता समेत हासिल गरेका छन् ।
पछिल्लो समय कलाकार उनले गायक रेशमकुमार विश्वकर्माको एकल साँझ मा ‘मुख्य संगित संयोजक’ को भुमिका निर्वाह गरेका थिए । त्यस्तै खड्कालाई २०७६ मा बर्षको उत्कृष्ट सङ्गीत संयोजकको रूपमा घोषित गरेको थियोे । जुन प्रतियोगिता ज्योती फिल्मसले आयोजना गरेको थियोे ।
चर्चा बटुल्ने क्रममा गायक उनले २०७९ मा जीनियस म्युजिक अवार्ड, २०७९ सालमा बक्स अफिस म्युजिक अवार्ड, जाम्बोलिङ म्यूजिक अवार्ड हात पारेका छन् ।
उनको सानैदेखि गीतसंगीतमा विशेष लगाव रहेको थियो । स्कूलमा पनि उहाँ गीतसंगीतमा साधनारत रहने, यसैमा तल्लिन भइरहने उहाँको स्वभाव थियो । कक्षमा पढ्दै गर्दा उहाँ पूर्णरूपमा संगीत क्षेत्रमा समर्पित भइसक्नु भएको थियो । स्कुलमै हुँदा नै उहाँको स्वरमा समेत रहेका बाल गीत ‘लेकाका हामी केटाकेटी…’, ‘हिउखोलाको पानी…’ आज पनि त्यतिकै लोकप्रिय रहेका छन् ।
ब्यस्तताका वावजुद एरेन्जर खड्काले विभिन्न संगीत प्रशिक्षण केन्द्रमा प्रमुख प्रशिक्षकका रुपमा आफ्नो छुट्टै वर्चस्व कायम गरेका छन् । कलाकार खडका कलश मीडिया प्रालि, गोसाईकुण्ड संगित प्रशिक्षण केन्द्र, पालुवा संगीत घर र एसवी म्युजिक सेण्टरमा प्रमुख संगीत प्रशिक्षकको भुमिका निर्वाह गर्दै छुट्टै स्थान ओगट्न सफल भएका छन्।
लोक, आधुनिक, पप, स्वदेश गीत, भजन, तामाङसेलो, मेहेन्दोमाया, चलचित्रलगायत विभिन्न धारका गीतहरू गरेर उनले ६० वटाजति गीतमा संगीत गरेको छ । संगीत भर्ने र संगीत संयोजन गर्नेमा नै ख्याति कमाउनुभएको उहाँको स्वरमा केही गीत पनि सार्वजनिक भएका छन् । उनकै स्वरमा रहेका गीत २० वटा जति रहेका छन् भने ग्रुप स्वरमा उनका गीत रहेका छन् । एउटा समान्य सडक बालकदेखि लोकप्रिय संगीत संयोजनमा उनको सफलता धेरैका लागि अनुकरणीय रहेको छ ।
प्रतिक्रिया