२०८१, ७ बैशाख शुक्रबार

वर्ल्डलिङ्कले ५० विद्यालयमा इन्टरनेट सचेतना कार्यक्रम सञ्चालन गर्दै

डबली खबर     कार्तिक २३ २०७९ १०:३७

Logo of Worldlink Communication ISP
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कको सहयोगमा इन्टरनेट सचेतना कार्यक्रम आयोजना हुने भएको छ ।

कम्पनीले पुल्चोक क्याम्पस (ईन्जिनियरिङ अध्ययन संस्थान) को इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, र कम्प्युटर इन्जिनियरिङ विभागका छाता संगठन, लोकसद्वारा स्नातक विद्यार्थीहरूको नेतृत्वमा देशका सातै प्रदेशका ५० विद्यालयमा यस्तो कार्यक्रम आयोजना गर्ने भएको हो ।

कात्तिक २० देखि २६ गतेसम्म सञ्चालन हुने यो सचेतना कार्यक्रममा कक्षा ८ देखी १० मा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी लक्षित हुनेछन्। यस सचेतना अभियानका क्रममा बालबालिकालाई इन्टरनेटको सुरक्षित प्रयोग, साइबर बुलिङ, फिशिङ, अनलाइनमा सुरक्षित रहने तरिका, लगायतका विषयमा ज्ञान दिईनेछ। साथै आवश्यक स्रोत साधनको सरलीकरण र व्यवस्था गरि यस अभियानमा सम्बन्धित क्षेत्रमा रहेका वर्ल्डलिङ्कको शाखाले सहजीकरण गरेका छन् ।

देशको प्रमुख इन्टरनेट सेवाप्रदायकको हैसियतले बालबालिकाको अनलाइन सुरक्षालाई प्राथमिकतामा राखिएको वर्ल्डलिङ्कका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले बताएका छन् ।

‘वर्ल्डलिङ्क इन्टरनेट एकेडेमी’ अन्तर्गत यस सचेतना अभियानलाई प्रायोजन गरेको हो जसमा आगामी दिनहरुमा डिजिटल साक्षरताका कुराहरुसंगै इन्टरनेटका महत्वपुर्ण बिषयबस्तुहरु पनि समावेश गरिने छ।

यस कार्यक्रमलाई साथ दिदैं चाइल्ड सेफ नेट नामक संस्थाले आवश्यक सचेतनामूलक सामग्री तयार पार्न सहयोग गरेको छ। साथै लोकसको तर्फबाट कूल ५० जना कार्यक्रमका लागि परिचालित भई हरेक विद्यालयमा दुई घण्टाको सचेतना कार्यक्रम सञ्चालन गरिने लोकसका इभेन्ट म्यानेजर विपिन खनालले बताएका छन्।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top