+
Search

ताजा अपडेट +

पपुलर +

विशाल ‘डान्सिङ स्टार’, ‘दोहोरी च्याम्पियन’ सविन र रिता

dancing star nuwakot
डबली खबर
३ साल अगाडी

ककनी – राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटको आयोजनामा भएको प्रतियोगितामा ‘डान्सिङ स्टार’ विशाल तामाङ भएका छन् ।

शनिबार भ्यु हिमालय होटल ककनीमा भएको डान्सिङ स्टारमा अनिशा तामाङ द्वितीय, सुनिल तामाङ तृतीय र सबिन तामाङले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । डान्सिङ स्टारमा नुवाकोटका १९ जना प्रतिस्पर्धीहरुले सहभागीता जनाएका थिए ।

यस्तै, दोहोरी च्याम्पियनमामा सबिन तामाङ र रिता गुरुङको जोडी प्रथम भएका छन् । दिल श्रेष्ठ र सविना तामाङको जोडी द्वितीय, जगत बोगटी र अम्बिका ढुङगानाको जोडि तृतीय र उत्तम लामिछाने र सरिता तामाङको जोडीले सान्त्वना प्राप्त गरेका छन् ।

दुवै प्रतियोगितामा प्रथमले २५ हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार रुपैंयाँ नगद पुरस्कारसहित प्रमाणपत्र ट्रफि प्राप्त गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ