नुवाकोट – काठ क्षेत्रका चर्चित लोकदोहोरी गायक उद्धव कार्कीले ‘फूलको माला’’ बोलको गीत बजारमा ल्याएको छ।
गीतमा गायक कार्की, रचना रिमाल र सिद्धान्त परियारको स्वर रहेको छ । शब्द संकलन प्रकाश पराजुली र थेगो गायक कार्कीकै रहेको छ। गीतमा संगीत शिवनारायण जोशीको रहेको छ । एरेन्ज नारायण दंगालले गरेका छन् ।
भिडिओको निर्देशन चित्र मास्की मगरको रहेको छ भने नविन घर्ती मगरले सम्पादन गरेका छन् ।
शिवपुरी म्युजिक च्यानलको युट्युबमा सार्वजनिक गरिएको गीतको म्युजिक भिडिओमा अनु पराजुली र राजाराम सिम्खडाको अभिनय रहेको छ ।
म्युजिक भिडिओ
प्रतिक्रिया