२०७९, १२ असार आईतवार

तामाङ भाषाको चलचित्र ‘काख्रे’ को ट्रेलर सार्वजनिक

डबली खबर     असार ६ २०७९ १६:०५

tamang movie kakhre
Diyo Pathshala Montessori

काठमाडौं । तामाङ भाषाको चलचित्र काख्रेको ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ‘काख्रे’को ट्रिजर सार्वजनिक गरिएको हो । चलचित्र आगामी असार १८ गते शनिबार दिउँसो १ः०० बजे राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शन गरिने जनाएको छ ।

ल्हाप्साङकर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रलाई रोशन फ्युवा तामाङले निर्देशन, कथाकार तथा नायक ऋतुराज पाख्रिनको कथा रहेको छ । उक्त चलचित्रको निर्माता प्रबल थिङ रहेको छ भने सह निर्माता शेखर थापा, शंकर पुढाशैनी र सरिता तामाङ रहेका छन ।

चलचित्रमा ऋतुराज पाख्रिन, सुनिता लुङ्बा, कुईसाङ रुम्बा, प्रबल थिङ, सिंग बहादुर तामाङ, सपना वाईबा, प्रभा घिसिङलगायत कलाकारहरुको अभिनय रहेको छ ।

यसैगरी, चलचित्रमा विशाल काल्तान र रिन्जिन लामाको संगीत रहेको छ । प्रकाश तामाङले छायांकन गरेको उक्त चलचित्रमा द्वन्द राजु किरातको रहेको छ भने शृंगार अस्मिताको रहेको छ ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top