२०८१, १४ बैशाख शुक्रबार

पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयको बाली विज्ञान, पशु र हस्पिटालिटीको अध्ययन शूल्क घट्यो

डबली खबर     जेष्ठ ११ २०७९ २०:३०

post bahadur bogati technical school
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को आंगिक पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयमा अध्यापन गराईने दुई संकायको शुल्क घटेको छ ।

आज बुधबार बसेको शिक्षालय सञ्चालक समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

नुवाकोट र रसुवामै पहिलोपटक सञ्चालित बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन एग्रीकल्चर बाली विज्ञान तथा पशु विज्ञानडिप्लोमा इन होटल म्यानेजमेण्ट कार्यक्रमको तीन वर्षको ६० हजार निर्धारण गर्ने निर्णय गरिएको छ । यसअघि उक्त अध्ययनको लागि ८५ हजार रुपैंयाँ रहेको थियो ।

यसै शैक्षिक सत्र २०७९/८० देखि नयाँ शुल्क कार्यान्वयनमा आउने शिक्षालय प्रमुख कपिल पाण्डेले जानकारी दिए ।

हाल शिक्षालयमा १६७ विद्यार्थी अध्ययन गर्दै आईरहेको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top