२०८१, १३ बैशाख बिहीबार

पत्रकार श्रेष्ठ सम्मानित हुदैं

डबली खबर     बैशाख ५ २०७९ १३:२६

krishanmaya lilanath memorial journalist award
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – यस वर्षको कृष्णमाया लिलानाथ स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार नवदीप श्रेष्ठ सम्मानित हुने भएको छ ।

नुवाकोटबाट प्रकाशन हुदैं आईरहेको उत्तरगया दैनिकको चौथौं वार्षिकोत्सवको अवसरमा पत्रकार श्रेष्ठलाई सम्मान गर्न लागिएको दैनिक पत्रिकाका सम्पादक तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष शिवप्रसाद देवकोटाले जानकारी दिए ।

आफ्ना आमाबुबाको सम्झना स्थापित पत्रकारिता पुरस्कारको राशी नगद २५ हजार रहेको प्रकाशक देवकोटाले जानकारी दिए । आगामी साउन ६ गते पत्रिकाको वार्षिकोत्सवमा हुने एक कार्यक्रममा श्रेष्ठलाई सम्मानित गरिने छ ।

नुवाकोटको पत्रकारितामा विगत दुई दशकदेखि सक्रिय सम्मानित हुने पत्रकार श्रेष्ठ त्रिशुली खबर साप्ताहिक र त्रैमासिक साहित्यिक पत्रिका रुपायनका प्रकाशक तथा सम्पादक हुन् । श्रेष्ठ नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका उपाध्यक्ष, प्रेस चौतारी नेपाल नुवाकोट शाखाका अध्यक्ष र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको सल्लाहकार पनि हुन् ।

उत्तरगया दैनिकले यसभन्दा अघि पत्रकार देवचन्द्र भट्ट र शक्तिमाया तामाङलाई पुरस्कृत गरेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top