२०८१, ११ बैशाख मंगलवार

पत्रकार शक्तिमाया सम्मानित

डबली खबर     श्रावण १५ २०७८ १८:३६

shaktimaya tamang nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – पत्रकार शक्तिमाया तामाङ “कृष्णमाया लिलानाथ स्मृति पुरस्कार”बाट सम्मानित भएकी छिन् । 

उत्तरगया दैनिक तथा नुवाकोट जागरण साप्ताहिकको वार्षिकोत्सवको अवसरमा विदुरमा शुक्रबार आयोजित समारोहमा पत्रकार तामाङलाई नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले २५ हजार नगदसहित सम्मान गरेका गरेका हुन् । 

विगत ८ वर्षदेखि पत्रकारिता पेशामा सक्रिय तामाङलाई कोरोना संक्रमणको महामारीमा पनि खोजमूलक समाचार सङ्कलन तथा लेखन गरिएबापत कृष्णमाया लिलानाथ स्मृति पुरस्कार प्रदान गरिएको उत्तरगया दैनिकका प्रकाशक तथा सम्पादक शिव देवकोटाले बताए ।

तामाङ बीबीसी नेपाली सेवा नुवाकोट संवाददाताको रुपमा कार्यरत छिन् ।

म्यागङ गाउँपालिका-६ पनेरा स्थायी घर भएका तामाङ नेपाल आदिवासी जनजाति पत्रकार संघ नुवाकोट अध्यक्ष तथा तामाङ पत्रकार संघ नुवाकोटको जिल्ला अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top