२०८१, ६ बैशाख बिहीबार

सात स्रस्टाहरु सम्मानित तथा पुरस्कृत

डबली खबर     बैशाख १ २०७९ १९:३६

Honored and awarded to seven authors
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोट साहित्य संगमले सात जना स्रस्टाहरुलाई सम्मानित तथा पुरस्कृत गरेका छन् ।

संस्थाले आफ्नो वार्षिकोत्सव मनाउँदै स्रस्टाहरुलाई सम्मानित तथा पुरस्कृत गरिएको अध्यक्ष सुमित्रा सुमीले जानकारी दिईन् ।

प्राध्यापक डा. मोहन तिमिल्सिनाले सम्मानित स्रस्टाहरुलाई दोसोल्ला ओढाई सम्मान गरेका छन् । सम्मानित हुनेले सम्मानपत्र र नगद पुरस्कार प्राप्त गरेका छन् ।

संस्थाले संगम पुरस्कार तथा संगम साहित्य सम्मानबाट विश्वनाथ सञ्जेल (मकवानपुर), सुसन्देश पुरस्कार तथा संगम साहित्य सम्मानबाट लक्ष्मीदत्त भट्ट (कंचनपुर), धनकुमारी रत्न पुरस्कार तथा संगम साहित्य सम्मानबाट लिला राना (नवलपुर), नव क्षितिज साहित्य पुरस्कार तथा संगम साहित्य सम्मानबाट ध्रुव तामाङ (नुवाकोट), सरस्वती/ऋषीराम पौडेल रत्न पुरस्कार तथा संगम साहित्य सम्मानबाट रत्न विरही घिमिरे (ललितपुर ), काशीनाथ गजुरेल स्मृति साहित्य पुरस्कार तथा संगम साहित्य सम्मानबाट केशव पुडासैनी (नुवाकोट) र भवानी अधिकारी स्मृती साहित्य पुरस्कार तथा संगम साहित्य सम्मानबाट टीका सुदिश निरौला (काठमाडौं) सम्मानित तथा पुरस्कृत भएका छन् ।

कार्यक्रममा संस्थाद्वारा प्रकाशित अर्धवार्षिक साहित्यिक पत्रिका सार्वजानिक गरिएको छ । पत्रिकामा ३६ स्रस्टाहरुको सिर्जनात्मक कविता, गजल, मुक्तक लगायत संस्थाको गतिविधिहरु संग्रहित रहेको छ ।

०७५ सालमा स्थापित संस्थाले साहित्यिक कार्यक्रमको साथै स्रस्टाका सिर्जनाहरुलाई संग्रहित गर्दै पाठकमाझ ल्याउनुको साथै सामाजिक संजालमार्फत प्रत्यक्ष साहित्यिक कार्यक्रम गर्दै आईरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top