नुवाकोट – लिखु गाउँपालिका-१ ढिकुरे बजारस्थित एक सुन पसलमा चोरी भएको छ ।
प्र्रहरीका अनुसार बुधबार ढिकुरे बजारस्थित ढलकबहादुर विश्वकर्माको आफ्नै घरमा रहेको सुन पसल चोरी भएको हो । उनको घरको पछाडीको ढोकाको ताला फोडी पसलमा रहेको सुन २ किलो, चाँदी १० किलो र नगद ३ लाख समेत गरी करिब १ करोड ७० लाख रुपैयाँ मूल्य बराबरको धनमाल गएराति चोरी भएको प्रहरीले जनाएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।