+
Search

ताजा अपडेट +

पपुलर +

३ हजार ४९८ जना बालबालिकाले लिए स्वर्णविन्दु प्राशन लाभ

3,498 children received the Swarnabindu Prashan benefit
डबली खबर
१२ मिनेट अगाडी

साउन ११, पिपलटार । आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय नुवाकोटले सञ्चालन गर्दै आएको स्वर्णविन्दु प्राशन कार्यक्रममार्फत गत आर्थिक वर्ष २०८२/०८३ मा ३ हजार ४९८ जना बालबालिकाले लाभ लिएका छन्।

चिकित्सालयले गत माघ १८ गतेदेखि प्रत्येक महिनाको पुष्य नक्षत्रका दिन चिकित्सालयमा कार्यक्रम सञ्चालन सुरु गरेको थियो ।

चिकित्सालयका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले सात चरणमा सञ्चालन गरिएको कार्यक्रममा एक हजार ९०० बालक र एक हजार ५९८ बालिका सहभागी भएका छन्। एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको यो कार्यक्रमले उनीहरूको शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

बालबालिकाको स्मरणशक्ति वृद्धि, रोगप्रतिरोधात्मक क्षमता मजबुत बनाउने तथा समग्र स्वास्थ्य विकासमा सकारात्मक प्रभाव पार्ने गरेको छ। अभिभावकबाट राम्रो प्रतिक्रिया प्राप्त भएकाले कार्यक्रमलाई नुवाकोटका अन्य स्थानीय तहमा समेत विस्तार गर्न आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागसँग पहल गरिएको डा. गिरीले जानकारी दिए।

नेपाल सरकारले गत वर्षदेखि स्वर्णविन्दु प्राशन कार्यक्रमलाई औपचारिक रूपमा अघि बढाएको भए पनि नुवाकोटमा यसको सुरुआत माघ महिनादेखि गरिएको डा. गिरीले जानकारी दिए।

चिकित्सकहरूले भने स्वर्णविन्दु प्राशनलाई नियमित खोपको विकल्प नभई आयुर्वेदिक पूरक स्वास्थ्य कार्यक्रमका रूपमा बुझ्न आग्रह गरेका छन्।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ