२०८०, १६ चैत्र शुक्रबार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि नुवाकोटका ४६ विद्यालय छनोट

सुनील श्रेष्ठ     फाल्गुन ४ २०७८ १३:२७

president education program
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि नुवाकोटका ४६ विद्यालयहरुमा आईसीटी ल्याब व्यवस्थापन, बालीविज्ञान र प्राविधिक ल्याब स्थापनाको लागि विद्यालय छनोट भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कार्यक्रम सञ्चालनका लागि देशभरका ४ हजार १५७ विद्यालय छनोट गरिएको हो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत नगरपालिकाका ८ विद्यालय र गाउँपालिकाका ३८ विद्यालयहरु छनौटमा परेका छन् । कार्यक्रमअनुसार जिल्लाका आईसीटी ल्याब व्यवस्थापनको लागि ४३, बाली विज्ञानको लागि २ र प्राविधिक ल्याबको लागि १ विद्यालय छनौटमा परेका छन् ।

आईसीटी ल्याब व्यवस्थापनको लागि २ करोड ७९ लाख ५० हजार, बालीविज्ञानको लागि ५६ लाख ९ हजार १४० र प्राविधिक ल्याबको लागि १० लाख रुपैंयाँ विनियोजन गरिएको छ । प्रत्येक विद्यालयको हकमा आईसिटीको लागि ६ लाख ५० हजार, बाली विज्ञानको लागि २८ लाख ४ हजार ५७० र ल्याबको लागि १० लाख विनियोजन गरिएको छ ।

नगरपालिकातर्फ विदुरका रणभुमेश्वरी, भीमसेन र भैरुम मावि र बेलकोटगढीका भृकुटी, कालिका, कमारुदेवी, शिलादेवी र मालिका माध्यमिक विद्यालयहरु छनौटमा परेका छन् ।

गाउँपालिकातर्फ दुप्चेश्वरका कमलमणि आधारभूत, माप्ले मावि, वीरेन्द्र र रुकमणि माध्यमिक विद्यालय, ककनी गाउँपालिकाका ककनी गणेश, मुकुन्देश्वरी, गर्वासी, भवानी १ र ४, शिवालय र काउलेदेवी ककनी ब्राईटर मावि र किस्पाङ गाउँपालिकाका ऐसेलुभूमे, जल्जुखोला मावि परेका छन् ।

म्यागङ गाउँपालिकाका विन्दुकेषर र वैजयन्ती शिक्षा निकेतन आधारभूत विद्यालय, लिखु गाउँपालिकाका क्षेत्रपाल मावि, शिवपुरी गाउँपालिकाका जानकी, जनज्ञान, महेन्द्र र रामायण छाप मावि परेका छन् ।

यस्तै, सुर्यगढी गाउँपालिकाका बागेश्वरी, कालिका, दुधेदेवी, गणेश, शिलाकन्यादेवी र मंगलादेवी मावि, तादी गाउँपालिकाका जगारित, रालुका, अमर ज्योति (प्राविधिक) मावि र तारकेश्वर गाउँपालिकाका पञ्चमिलन कला देवी माध्यमिक विद्यालय परेका छन् ।

पञ्चकन्या गाउँपालिकाका इन्दयणी, कालिका, नवसञ्जिवनी, उदयजालपा, मंगलादेवी, पञ्चकन्या र राष्ट्रिय मावि परेका छन् ।

सार्वजनिक शैक्षिक संस्थाको भौतिक संरचना विकास, सिकाइ वातावरण सुधार र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न योगदान गरी सार्वजनिक शैक्षिक संस्थालाई विद्यार्थीको सिकाइका लागि रोजाइको केन्द्र बनाउने उद्देश्यले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम नेपाल सरकार मन्त्रिपरिषद्ले कार्यविधि बनाई कार्यान्वयनमा ल्याएको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top