२०८१, ११ बैशाख मंगलवार

शिक्षक क्षेत्रमा लाग्नेले उठाउने मुद्दा स्तरीय र अध्ययनमा आधारित हुनुपर्छ: देवकुमार बराल

डबली खबर     माघ २६ २०७८ २०:५९

devkumar baral
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – शिक्षक संघसंस्था क्षेत्रमा लाग्नेले उठाउने मुद्दा स्तरीय, अध्ययन र अनुसन्धानमा आधारित हुनुपर्ने शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटका इकाई प्रमुख देवकुमार बरालले बताएका छन् ।

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै इकाई प्रमुख बरालले उक्त भनाइ राखेका हुन् । अनुमानको आधारमा भन्दा तथ्यपुरक आवाज उठाउनुपर्ने बताए । जसले गर्दा कक्षाकोठाको पठनपाठनलाई प्रभावकारी बनाउने देखि लिएर भौतिक, शैक्षिक, व्यवस्थापकीय पक्ष सुधार गर्दै लान सकिने बताए ।

पेशागत क्षेत्रका मुद्दा विभिन्न संस्थाले उठाउने फरकफरक नहुने उनले बताए । “शैक्षिक मुद्दाहरुको उठानको लागि सबै सरोकार संस्थाहरु एकै ठाउँमा उभिन जरुरी रहेको छ । जेजे समस्या पहिचान गरिएका छन्, ती समस्याहरुलाई निराकरण गर्न र भोलिका दिनमा नेपालकै शैक्षिक गतिविधिलाई गुणस्तरीय ढङ्गले अघि बढाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिन्छ ।”

उनले राष्ट्रियस्तरमा मात्र नभई जिल्लागत रुपमा उठाउनुपर्ने शैक्षिक मुद्दा तथा विभिन्न समस्याहरु जिल्लागतमै छलफल गरी एउटै निचोड निकालेर जान सकिए हरेक क्षेत्रमा सहज हुने बताए । राज्यले राहतका शिक्षक लागि निश्चित दरबन्दीमा ल्याई शैक्षिक मुद्दालाई हाल गर्नुपर्ने बताए । शिक्षकले संघसंस्थाको हकहितको अतिरिक्त शिक्षाको पाठ्यक्रमलाई प्रगतिशील शिक्षालाई समयानुकूल, जीवनउपयोगी बनाउन सहयोग गर्नुपर्ने बताए । शैक्षिक क्रियाकलापलाई प्रभावकारी ढङ्गले अघि बढाउनको लागि शिक्षकहरु लाग्नुपर्ने बताए ।

वर्तमान शैक्षिक स्थितिलाई औलाउदै उनले शिक्षक एक उदाहरण बन्नुपर्ने बताए । शिक्षक नेतृत्वमा भइसकेपछि शिक्षकले पढाउदैन, पठनपाठनमा ध्यान दिदैंन, पठाउने विषय कम्जोर हुन्छ भन्ने यथार्ततालाई परीक्षण गरी यस्ता गतिविधिलाई कम गर्दै लानुपर्ने बताए । शिक्षकको मूल दायित्वलाई असर नपर्ने गरी त्यस्ता किसिमको गतिविधि गर्नुपर्ने बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top