२०८१, १४ बैशाख शुक्रबार

प्रगतिशील शिक्षक संगठनमा तिमिल्सिना

डबली खबर     माघ २६ २०७८ १७:०१

pnnta pragatisheel teacher nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन नुवाकोटको अध्यक्षमा राजु तिमिल्सिना चयन भएका छन् ।

बुधबार भएको पहिलो जिल्ला भेलाले तिमिल्सिनाको अध्यक्षतामा ३१ सदस्य जिल्ला कमिटी गठन गरेकाे हाे ।

संगठनको उपाध्यक्ष देवेन लामा र सम्झना पाण्डे, सचिवमा राजु श्रेष्ठ, सहसचिवमा शक्तिमान लामा, कोषाध्यक्षमा कुलप्रसाद न्यौपाने , सहकोषाध्यक्षमा ज्ञानबहादुर लामा चयन भएका छन् ।

निर्वाचित कार्यसमितिका सदस्यहरुलाई प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय अध्यक्ष भीमबहादुर बस्नेतले सपथ ग्रहण गराएका हुन् ।

कार्यक्रम नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व सांसद राजेन्द्रप्रकाश लोहनीको प्रमुख आतिथ्यमा भएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top