नुवाकोट – शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित ग्रामीणदेवी माध्यमिक विद्यालयलाई पुस्तकालय हस्तान्तरण गरिएको छ।
मंगलबार एक कार्यक्रमका बीच रुम टु रिड र रुडेक नेपालबाट सञ्चालित साक्षरता कार्यक्रम अन्तर्गत उक्त विद्यालयमा पुस्तकालय हस्तान्तरण गरिएको रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए ।
सो संस्थाको साक्षरता कार्यक्रम अन्तर्गत विद्यालयलाई पुस्तकालय हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ । माध्यमिकस्तरसम्म अध्ययन अध्यापन हुने सो विद्यालयमा विद्यार्थीलाई आवश्यक सम्पुर्ण पुस्तक ब्यवस्थापन गरिएको संस्थाले जनाएको छ ।
पुस्तकालय हस्तान्तरणसँगै विद्यालयमा अध्ययनरत विद्यार्थीको आवश्यक थप ज्ञान स्तर वृद्धि हुने अपेक्षा संस्थाले गरेको छ।
प्रतिक्रिया