२०८१, १४ बैशाख शुक्रबार

ग्रीड सोलारमा लगाईएको ताला खोलियो

डबली खबर     मंसिर २७ २०७८ १७:०२

unlock of locals in nuwakot solar project
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – स्थानीय युवा संघर्ष समितिले ग्रीड सोलार आयोजनामा लगाईएको ताला दुई पक्षीय सहमतिमा खोलिएको छ ।

सोमबार आयोजनाका प्रमुख विकास बहादुर रघुबंशी र स्थानीय युवा संघर्ष समितिको सहमतिमा अबको एक महिनाभित्रमा बजेट स्वीकृत गरी सामाजिक उत्तरदायित्व अन्तर्गत प्रभावित नागरिकरुको माग पुरा गर्ने गरी सहमतिमा ताला खोलिएको युवा संघर्ष समितिका संयोजक रोजिना ढुंगानाले बताए ।

नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको नेपालमै ठुलो ग्रीड सोलार आयोजनाको कार्यालयमा ताला लगाईएका थिए । १५ दिने अल्टिमेटम दिदाँ पनि वेवास्ता गर्दै आयोजनाले काम अगाडी बढाएपछि आयोजनाको कार्यालय र कार्य क्षेत्रमा संघर्ष समितिले ताला लगाएका थिए ।

सहमतिमा खोलिएको ताला आयोजनाले काम नगरेमा पुन: कामकाज ठप्प पार्ने समितिले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top