२०८१, १३ बैशाख बिहीबार

ग्रीड सोलार आयोजनामा ताला

डबली खबर     मंसिर २६ २०७८ १७:१९

Lock of locals in nuwakot solar project
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको नेपालमै ठुलो ग्रीड सोलार आयोजनाको कार्यालयमा ताल्चा लगाईएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत प्रभावित नागरिकरुको माग सम्बोधन गर्न यसअघि पटकपटक लिखित रुपमा आग्रह गर्दा पनि मागलाई सम्बोधन नगरेकोभन्दै अनिश्चितकालको लागि ताला लगाईएको हो ।

यसअघि १५ दिने अल्टिमेटम दिदाँ पनि वेवास्ता गर्दै आयोजनाले काम अगाडी बढाएपछि आयोजनाको कार्यालय र कार्य क्षेत्रमा ताला लगाईएको युवा संघर्ष समितिका संयोजक रोजिना ढुंगानाले बताए ।

संघर्ष समितिले आयोजनालाई बुझाएको पत्रमा भनिएको छ “विदुर नपा-६ को ब्यारेक चोकदेखि वडा नम्बर १२ को ज्यामिरे मोडसम्म सडक स्तरन्नोत्तर तथा कालोपत्रे गर्ने काम थालनी नहुदाँसम्म आयोजन क्षेत्रको सम्पूर्ण कार्य बन्द गर्न अनुरोध छ ।” अन्यथा उप्त्पन्न हुने परिस्तिथिको जिम्मा स्वयम् आयोजनाले लिनुपर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top