२०८१, १३ बैशाख बिहीबार

भूकम्पबाट प्रभावित जिल्लाका आधारभूत सामुदायिक विद्यालयमा उच्चगतिको इन्टरनेट पुर्‍याउने

डबली खबर     मंसिर १४ २०७८ १७:२४

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले आधारभूत विद्यालयमा २० एमबीपीएस इन्टरनेट पुर्‍याउन ३३८ स्थानीय तहसँग सम्झौता गरेको छ । प्राधिकरणले भूकम्पबाट प्रभावित ८ र काठमाडौं उपत्यका बाहेकका जिल्लामा कम्तिमा २० एमबीपीएसको इन्टरनेट जडान गर्न ३३८ स्थानीय तहसँग सम्झौता गरेको हो ।

प्राधिकरणका अनुसार उक्त  परियोजनामध्ये भुकम्पबाट अति प्रभावित ८ जिल्ला (काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगा) का कूल ७६ मध्ये ७१ गाउँपालिका/नगरपालिकासँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

प्रभावित ८ जिल्लाका सबै स्थानीय कार्यालय, वडा कार्यालय, सामुदायिक माध्यामिक विद्यालय, सामुदायीक स्वास्थ्य कार्यालयमा क्षमता अभिवृद्धि गर्न र सम्पूर्ण आधारभूत विद्यालयमा २० एमबीपीएसको इन्टरनेट जडान गरी २ वर्षसम्मको लागि महशुल वापतको रकम उपलब्ध गराउने छ ।

साथै काठमाडौं उपत्यका बाहेकका अन्य जिल्लाका सामुदायीक विद्यालयहरुमा २० एमबिपिएसको तिब्रगतिको ब्रोडब्याण्ड पुर्याउने योजनाअनुसार हालसम्म ३३८ स्थानीय तहहरुसँग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top