२०८१, ७ बैशाख शुक्रबार

शिक्षक र जनप्रतिनिधिबीच अन्तरक्रिया

डबली खबर     कार्तिक १२ २०७८ ०७:०५

ramesh tamang
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – पञ्चकन्या गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षक, व्यवस्थापन समिति र जनप्रतिनिधिबीच बुधबार अन्तरक्रिया भएको छ।

सामुदायिक विद्यालयका शिक्षक र समाजमा आइपर्ने बाधा व्यवधानबीच आफुले कसरी गुणस्तरीय शिक्षा प्रदान गर्ने भन्ने विषयमा स्थानीय जनप्रतिनिधि, सेवाक्षेत्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय ब्यवस्थापन समिति अध्यक्षबीच अन्तरक्रिया भएको हो।

कार्यक्रममा सेवा क्षेत्रका १० वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय मातहतका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले गाउँपालिकामा गुणस्तरीय शिक्षाको लागि भए गरेका प्रयास बारे जानकारी गराएका थिए । गाउँस्तरका शैक्षिक विकासका निम्ति अभिभावक, विद्यालय ब्यवस्थापन र शिक्षक विद्यार्थीको एकाअर्कासंग सहकार्य भूमिका हुनुपर्ने उनले बताए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सीता पराजुली खड्का, प्रमुख प्रशासकिय अधिकृत अशोक बिष्ट, गाउँपालिका मातहतका वडाअध्यक्षहरु, शिक्षा शाखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top