२०८१, १२ बैशाख बुधबार

गोसाइँकुण्ड र भैरवकुण्डको गहिराइ नापियो

डबली खबर     कार्तिक ३ २०७८ १६:१५

goshainkunda depth sourrounder
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रसुवा – धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड र भैरव कुण्डको गहिराइ नापिएको छ । ‘डेप्थ साउण्डर’ मेसिनको प्रयोग गरेर दुईवटा कुण्डको गहिराइ नापिएको हो । उच्च हिमाली क्षेत्रहरूमा ताल तलैया, पोखरीहरूमा कति पानी छ भनेर नाप्नका लागि डेप्थ साउण्डर मेसिनको प्रयोग गरिन्छ ।

जलवायु परिवर्तनले कुण्डहरूमा पारेको प्रभाव, कुण्डहरूमा पानीको अवस्था र त्यस क्षेत्रको मनसुनको प्रक्रिया बारे जानकारी लिने उद्देश्यले पर्यटन मन्त्रालय अन्तर्गत रहेको नेपाल माउन्टेन एकेडेमीले गहिराइ नापेको हो ।अनुसन्धानकर्ता बासुदेव न्यौपानेको नेतृत्वमा गएको चार जना (आभास अर्याल, नवीन गुरुङ र विधान भण्डारी) को टिमले डुङ्गामा तालको कुनाकुनासम्म गएर गहिराइ नापेको थियो ।

‘हामीले दुईवटा कुण्डको गहिराइ नापेका छौं’, अनुसन्धानकर्ता बासुदेव न्यौपानेले भन्नुभयो, ‘अन्य १६ वटा ताल–समूह श्रृङखलाको जीपीएस लोकेशन लिइएको छ ।’

डेप्थ साउण्डरले लिएको डाटालाई जीआईएसमा राखेर विश्लेषण गर्ने काम बाँकी छ । विश्लेषणको काम सकिएपछि कति गहिराइ छ भनेर भन्न सकिने उहाँको भनाइ छ । यस अध्ययनले यस क्षेत्रमा पर्यटकीय क्रियाकलाप सञ्चालन गर्न, थप अध्ययन अनुसन्धान गर्न सहज हुने छ भने पछिल्लो समय विकसित हुँदै गएको रिसर्च एण्ड एजुकेशन टुरिजमको अवधारणालाई सहयोग पुग्ने छ ।

गोसाइँकुण्ड वरिपरि रहेको कुण्डहरूमा पानी कति छ भनेर जान्नु महत्वपूर्ण भएकाले पनि अनुसन्धान आवश्यक रहेको उहाँले बताउनुभयो । तालको गहिराइको साथै टोलीले फिजियोकेमिकल पारामिटर पनि नापेको छ । गोसाइँकुण्डको पानीको स्रोतमा त्रिशूलधाराबाट आएको ठाउँ, माथिको तालहरूबाट आएको क्षेत्र, गोसाइँकुण्डको बीच भाग, गोसाइँकुण्डको मन्दिरपटिको क्षेत्र, गोसाइँकुण्डबाट पानी निस्कने क्षेत्रमा पानीको गुणस्तर नापिएको उहाँले बताउनुभयो । गोसाइँकुण्ड र भैरवकुण्डको पानीमा क्षारको मात्रा बढी पाइएको छ ।

एकेडेमीले हरेक वर्ष हिमाली क्षेत्रहरूमा विभिन्न अध्ययन अनुसन्धान गर्न मान्छेहरू छान्ने गरेको छ । गोसाइँकुण्ड वरपर १६ वटा कुण्ड पनि रहेका छन् । गोसाइँकुण्ड वरपर रहेका कुण्डमा सरस्वतीकुण्ड, भैरवकुण्ड, दुधकुण्ड, गणेश कुण्ड, चन्द्रकुण्ड, क्युमाछोकुण्ड, रक्तकुण्ड, बतासकुण्ड, सूर्यकुण्ड, आमाकुण्ड, रानीकुण्ड, ब्रदकुण्ड लगायतका छन् ।

धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन् । त्यहाँ पुग्नका लागि तीनवटा मुख्य बाटो छ । काठमाण्डौ–धुन्चे–गोसाइँकुण्ड बाटो यात्रुको सबैभन्दा बढी चल्ती हुने बाटो हो । जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाईकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरि वर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन् । ​

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top