२०८१, १४ बैशाख शुक्रबार

सहयोगी सहकारीको मोबाईल बैकिङ सेवा सुरु

डबली खबर     आश्विन २० २०७८ १७:२६

sahayogi mobile banking app nuwakot cooperative
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – सहयोगी बहुद्देशीय सहकारी संस्था लिमिटेडले मोबाईल बैकिङ सेवा सुरु गरेको छ ।

संस्थाले सदस्यहरुलाई प्रविधिमा आधारित सेवा प्रदान गर्ने उद्देश्यका साथ मोबाईल बैकिङ सेवा सुरु गरिएको जनाएको छ । जसबाट सरल र सुरक्षित नगद कारोबार गर्न सकिने छ ।

सहकारीका सदस्यहरुले मोबाईल एपबाटै आफ्नो खाताको विवरण, ऋणको जानकारी लगायतको जानकारी लिन सकिने छ । त्यस्तै, मोबाईल टपअफ, ईन्टरनेट, टेलिभिजन, विद्युत महशुलको बिल भुक्तानी सुविधा समेत सहयोगी मोबाईल बैंकिङ एपमा उपलब्ध रहेको छ । एपबाट कारोबार गर्दा मोबाइल टपमा तीन प्रतिशत क्यासब्याकको व्यवस्था छ ।

सहकारीका व्यवस्थापक राजु अधिकारीका अनुसार सहकारीमा रहेको खाताबाट बैंकमा रकम पठाउन र बैंकबाट सहकारीमा पठाउने सुविधालागि दोस्रो चरणमा मात्र ल्याईने छ। साथै, अनलाईन भुक्तानी पेमेन्ट खल्ती, ईसेवा लगायतका सेवा पनि कार्यन्वयन पक्षमै रहेको उनले बताए ।

विदुर नगरपालिका-९ डिहिबजारमा कार्यालय रहेको यस संस्थाले आफ्ना सदस्यहरुलाई बित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । सहकारीमा करिब ११ सय शेयर सदस्यहरु रहेको सहकारीले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top