२०८१, १२ बैशाख बुधबार

शिक्षक अभावमा शिक्षा शाखामा तालाबन्दी

सरस्वती न्याैपाने     आश्विन १५ २०७८ १७:०५

Lockdown in education branch due to lack of teachers
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रसुवा – कालिका गाउँपालिका वडा नम्बर १ स्थित ग्राङ आधारभुत विद्यालयमा शिक्षककाे अभाव भएकाे भन्दै अभिभावकहरुले गाउँपालिकामा रहेकाे शिक्षा शाखामा अनिश्चितकालका लागि तालाबन्दी गरेका छन् ।

शिक्षक अभावले आफ्नो बालबालिकाको भविष्यमाथि खेलबाड गरेको भन्दै छनग्राङ क्षेत्रका अभिभावक र स्थानिय युवाहरूले संयुक्त रूपमा शिक्षा शाखामा तालाबन्दी गरी गाउँपालिकालाई माग पुरा गर्न पत्र बुझाएका हुन् ।

आधारभूत तहसम्मकाे सम्पुर्ण दरबन्दी तीन दिनभित्र पूरा हुने गरि शिक्षक उपलब्ध गराउनु पर्ने र विद्यालयमा हालै खटाईएकाे शिक्षकहरू नियमानुसार हाजिर हुनुपर्ने भन्दै तालाबन्दी गरिएकाे हो ।

विगत चार महिनादेखि विद्यालयमा शिक्षक दरबन्दी तीन जना मात्र रहेकाे र दुई सयजना विद्यार्थीका भविष्य अन्याेल भएकाेले मागहरू विना शर्त पूरा गर्नुपर्ने पत्रमा जनाएको छ । माग पुरा नगरेसम्म शिक्षा शाखाबाट हुने कामकाज पनि हुन नदिने जनाएको छ ।

सराेकारवालाहरूकाे ध्यान नपुगेकाे भन्दै शिक्षा शाखामा तालाबन्दी गरिएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top