२०७८, १५ मंसिर बुधबार
election office notice 2021

प्याब्सन विदुर नगर कमिटीमा प्रधान

डबली खबर     भाद्र २५ २०७८ १७:५२

gagan kalyan pradhan divyaratna academy bidur pabson
tribhuwan trishuli secondary school admission open
bidur tax
SEBON

नुवाकोट – निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) विदुर नगर कमिटीको अध्यक्षमा गगनकल्याण प्रधान सर्वसम्मत निर्वाचित भएका छन् । आज भएको प्याब्सन विदुर नगर कमिटीको दोस्रो अधिवेशनबाट प्रधानलाई अध्यक्षमा चयन गरिएको हो ।

नवगठित कार्यसमितिको सचिवमा सरोज बोगटी, कोषाध्यक्षमा रामराजा कुमाल, सदस्यहरुमा बसन्त श्रेष्ठ र दिलकुमारी लामा चयन भएका छन् । अन्य दुई सदस्यहरुको चयन प्याब्सन विदुर नगर कमिटीको पहिलो बैठकले गर्ने सचिव सरोज बोगटीले जानकारी दिए ।

यद्यपी मुलुकभरबाट प्याब्सन अन्तर्गतको स्थानीय तहगतमा अधिवेशन गर्ने कमिटीहरुमा विदुर नगर कमिटी पहिलो बनेको छ ।

अधिवेशनको पहिलो सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्याब्सनका केन्द्रिय सचिवालय सदस्य नवराज ओझाले पहिलेपहिले टाई लगाएर, ब्याग बोकेर अंग्रेजी बोलेकै भरमा हामीलाई पत्याउन्थे भने अहिले त्यो पनि गइसकेको बताए। उनले भने “त्यो सबै सामुदायिक विद्यालयले सबै गरिसके। अब निजी विद्यालयलाई पत्याउने अनुशासन सामुदायिकमा भन्दा हामीमा बढी छ । हामी अनुशासन सिकाउने विद्यालयका संस्थापक, प्रिन्सिपल, शिक्षक छौं अनि हामी चैं आफ्नो संगठनमा अनुशासनहिन कार्य गर्छौं कि गर्दैनौं? त्यो कुरालाई ख्याल गर्नुपर्ने जरुरी हुन्छ । हामी बाँचौं, टिकौ! अहिलेको वर्षलाई कम्तिमा बाँच्न सक्यौं भने अर्को साल बल हामीमा पलाउँला!”

उनले सरकारले लगानी गरेको सामुदायिक विद्यालय बालुवामा पानी हाले सरह रहेको बताए । सामुदायिक विद्यालय अनुदानकै भरमा मात्र सञ्चालन भइरहेको हुनाले दीर्घकालीन नहुने समेत बताए । त्यसपछि निजी विद्यालयमामै विद्यार्थी फर्किनेमा जिकिर गरे ।

विद्यालय मर्जरको प्रशङ्गलाई जोड्दै उनले भने “सके आफै टिकौ, नसके मिलेरै टिक्नुपर्यो । विद्यालय मर्जिङको प्रक्रियामा जानुपर्ने जरुरी छ । १२/१५ वटा विद्यालय बन्द भइ रहँदा कम्तिमा मर्ज भएर ४ वटा मात्र बाँच्देको भए, हाम्रो संस्थाको तागत बलियो हुन्थ्यो । सामुहिक हितको लागि व्यक्तिगत हितलाई त्याग्नु जरुरी हुन्छ । अहिले संकटको बेलामा विद्यार्थी तानातान प्रक्रिया बन्द गर्नुपर्छ । एक निजी विद्यालयले अर्को निजी विद्यालयको विद्यार्थी तान्ने नगर्न अनुरोध गरे । कोरोनाले थालिएको समयमा आआफ्नो विद्यार्थीहरुलाई मात्र लिन सकेमा विद्यालय बाँच्न सक्छ । अहिले बाँचे अर्को समय विद्यार्थी तान्ने गरौंला तर अहिले जे गरेनी साथीलाई टिकाउनु पर्छ र लाग्न आवश्यक छ । आफु बाँचेर अरुलाई सिध्याउने भावना कोहिकतैबाट नआउन् भन्न चाहन्छु ।”

कार्यक्रममा प्याब्सन नुवाकोटका सल्लाहकार एवं संविधान सदस्य राज्यलक्ष्मी श्रेष्ठ, प्याब्सन नुवाकोटका अध्यक्ष प्रकाश कुईकेल, सचिव पुरुषोत्तम अधिकारी लगायतले महामारीले निजी विद्यालयमा आर्थिकभारले थलिएको विषम परिस्थितिमा निजी विद्यालयको संरक्षणको लागि प्याब्सनमा आबद्ध सदस्य विद्यालयहरुले सांगठनिक रुपमा एकजुट हुनुपर्ने जोड दिएका छन् ।




Bachchhaladevi Suppliers
Trishuli Web Design Services in Nuwakot
Nuwakot FM 106.8 MHz
Radio Langtang
Radio Sanjiwani

प्रतिक्रिया


Top