२०८१, १३ बैशाख बिहीबार

छ जना वडाध्यक्षविरुद्ध उजुरी

डबली खबर     श्रावण २० २०७८ २१:३२

bidur municipality six ward chairpersons
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – सुन्तला कागती पकेट क्षेत्र बजेट अनियमितता भएको विरोधमा नेपाली काँग्रेसले आयोजना गरेको भण्डाफोरको विरोध कार्यक्रममा विदुर नगरपालिकाको कार्यपालिकाको कार्यालयमा तोडफोड गर्ने विरुद्ध नगरपालिकाले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ ।

नगरपालिकाले ६ जना वडाध्यक्षसहित अन्य १८ जना आरोपीविरुद्व फौजदारी संहिता २०६४ अनुसार कारवाहीको माग गर्दै उजुरी दर्ता गराएको हो ।

तोडफोड गरेको आरोपमा विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विरेन्द्रकुमार शाही, वडा नम्बर ३ का वडाध्यक्ष बद्री रिमाल, वडा नम्बर ७ का वडाध्यक्ष महेन्द्र तामाङ, वडा नम्बर ८ का वडाध्यक्ष फैसिङ तामाङ, वडा नम्बर १० का वडाध्यक्ष गणेशकुमार नेपाल र वडा नम्बर १३ का वडाध्यक्ष दलवहादुर तामाङ विरुद्ध मुदा दर्ता गराएको छ । यसैगरी, तोडफोडमा संलग्न भएका आरोपमा अन्य १८ जनाविरुद्ध उजुरी परेको हो ।

कार्यपालिकामा भएको तोडफोड निन्दनीय: विदुर नगरपालिका

सोमबार भएको विरोधमा झडप परी ६ नम्बरक वडाध्यक्ष बद्रि रिमाल, नेतृ गिता अमात्य, तरुण नेता रामचन्द्र तामाङ भरत तामाङ, मनोज तामाङमाथि हातपात भएको नेपाली काँग्रेस नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top